
अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल संखुवासभाले बुधवार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए ।
संखुवासभाका लागि महत्त्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथांका नाका सञ्चालनको पहल गर्ने बताए ।
किमाथांका नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्त्वका साथ हेरिरहेको उनको भनाइ थियो ।
नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए । उनले ५ दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शंका नगर्न आग्रह गरे ।