२० असार २०८३, शनिबार

न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन : प्रचण्ड

कात्तिक २६, २०७८
न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा भएको विवादका विषयमा ५ दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् ।

माओवादी केन्द्र भोजपुुरले शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वाेच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिट्टै बाहिर ल्याउँछौं ।’

अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राखे । स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार ६ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए । सकेसम्म एकैपटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्च समेत जोगिने उनको भनाइ छ ।

पूर्वाञ्चल कम्युनिस्ट आन्दोलनको उर्वभरभूमि रहेको बताउँदै उनले झापा विद्रोह लगायत ठूल्ठूला आन्दोलनहरू पूर्वबाटै शुरू भएका बताए ।

salt training

कमेन्ट गर्नुहोस्