१९ असार २०८३, शुक्रबार

सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता : देउवा

कात्तिक २८, २०७८
सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन् । 

आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरूको संरक्षण, सम्वर्द्धन, उन्नतिका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे । 

‘यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरू छन् । प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती प्राज्ञिक कुराहरू छन्,’ उनले भने, ‘नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका कयौँ सम्पदाहरू छन्, यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता हो ।’

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्