
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित नेवारी खाजा घरमा एक बालिकालाई यसरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गुल्मीको सत्यवती गाउँपालिका–४ घर भई ललितपुर बस्ने नेत्रलाल ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
उनीलगायतका व्यक्तिले ती बालिकालाई गएको वैशाखदेखि बन्धक बनाई धाकधम्की दिएर विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नसमेत लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ । बालिकालाई उनीहरुले घरसमेत जान नदिई कोठा तथा अन्य गेष्ट हाउसमा पु¥याएर दैनिक तीनदेखि पाँच जनासम्म शारीरिक सम्बन्ध गाँस्न लगाएको प्रहरीको आरोप छ ।
उनीहरुले होटलमा प्रहरी निरीक्षणमा आउँदा भने हामी आफ्नो स्वेच्छाले होटलमा काम गर्न आएको भन्न लगाउने गरेकोसमेत खुलेको छ । यसरी जबर्जस्तीरूपमा यौन कार्यमा लगाइएकी ती बालिकालाई गत भदौ २५ मा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको थियो । त्यसपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्दा ज्ञवालीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप तथ्य बुझ्ने कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए