कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन् ।
मंगलवार अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र राष्ट्रिय टीमका खेलाडीबीच भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरिएको बताए ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालयकै सभाहलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रका लागि राज्यले न्युन मात्रामा बजेटको व्यवस्था गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताए ।
खेल क्षेत्रमै आफ्नो ऊर्जावान समय बिताएका खेलाडीलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक जित्न सफल हालसम्मका सबै खेलाडीको उचित व्यवस्थापनका लागि गहन छलफल गरिरहेका छौं ।’
खेलाडीहरूले खेल क्षेत्रमै जीवन देख्ने वातावरण तयार गर्न मनोबल, खेल पूर्वाधारको विकास तथा खेलाडीको व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा मन्त्री अथकले जोड दिए । आफूले मन्त्रालय सम्हालेलगत्तै खेलाडीको व्यवस्थापनका लागि विभिन्न चरणमा छलफल चलाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन राज्यले विश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
विभागीय टीमले नेपालमा खेलाडी उत्पादन तथा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मन्त्री अथकले प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयले सक्षम नेतृत्व पाएकाले खेल क्षेत्रको उल्लेखनीय विकास हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीको व्यवस्थापनमा विभागीय टीमको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै डा. रेग्मीले आगामी दिनमा समेत त्यस प्रकारका गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।
५० बढी खेलाडीको सहभागिता रहेको कार्यक्रममा विभागीय टीम (नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाल आर्मी) तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्म गरेका खेलकुद गतिविधि र उपलब्धिबारे रिपोर्टिङ गरेका थिए ।
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...