२२ असार २०८३, सोमबार

कोरोना अपडेट : थप ३ सय ३२ जनामा संक्रमण पुष्टि, ४ संक्रमितको मृत्यु

कोरोना अपडेट : थप ३ सय ३२ जनामा संक्रमण पुष्टि, ४ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३२ नयाँ कोरोना संक्रमित थपिएका छन् । 

९ हजार ९ सय २० जनामा नमूना परिक्षण गर्दा ३३२ जनामा संक्रमण पाइएको बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर ९ लाख १५ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार २ सय ३२ जना निको भएका छन् । यससँगै निको हुनेहरूको संख्या ८ लाख १ हजार १२२ पुगेको छ ।

यस दिन ४ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ११ हजार ५१३ पुगेको छ । 

हाल क्वारेन्टीनमा ९८ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ । 

हालसम्म १ लाख ४७ हजार २६२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्