×

NMB BANK
NIC ASIA

प्रहरीलाई इच्छाराजको बयान: १२ अर्ब तिर्नुछ, भूकम्प र कोरोना महामारीले समस्यामा परेँ !

मंसिर १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङले करीब १२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी बयानमा स्वीकार गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

करीब २ हजार १ सय जनाजति संस्थाका सदस्य वचतकर्ता रहेको उनले बताए । उक्त संस्थाका वचतकर्ता सदस्यहरूलाई करीब ७ अर्ब जति रकम फिर्ता गर्नुपर्ने रहेको उनले बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी सिभिल होम्स समेतका सबै कम्पनीहरूबाट ५ अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई तिर्न बाँकी रहेको उनले बताएका छन्।


Advertisment
Nabil box
Kumari

तर उक्त दायित्व आफ्नो व्यक्तिगत नभई संस्थाको दायित्व रहेको उनले जिकिर गरेका छन् ।

Vianet communication
Laxmi Bank

१ लाख रुपैयाँ लगानीबाट शुरू गरिएको अर्बौंको कारोबार

व्यवस्थित बसोबासका लागि हाउजिङ व्यवसाय गर्ने उद्देश्यले २०५७ सालमा हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जीवराज बज्राचार्य, डा. दुर्गाप्रसाद संग्रौला समेतका व्यक्तिहरूले मिलेर सहकारी स्थापना गरेको तामाङले बयान दिएका छन् ।

सहकारी स्थापना भए पश्चात तत्काल उनले १ लाख रुपैयाँ शेयर लगानी गरी शेयर सदस्यको रुपमा आवद्ध भई कामको शुरूआत गरेको बताएका छन्। संस्थालाई आवश्यकताअनुसार सञ्चालक समितिले निर्णय गरे अनुसार संस्थालाई पटक–पटक थप शेयर लगानी गर्दै आएको उनले बताएका छन्।

संस्थाको स्थापना कालदेखि २०६७ सालसम्म मात्र सञ्चालक समितिको अध्यक्ष भएर काम गरेको तथा त्यसपछि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ रहेको उनले बताएका छन्। २०७३ सालसम्म सहकारीमा संस्थापक सल्लाहकारको रूपमा मात्र काम गरेको उनले बताएका छन्।

२०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुरको भैंसेपाटीमा जग्गा खरिद गरी घर निर्माण तथा बेचबिखन गरेको उनले प्रहरीसँगको बयानमा खुलाएका छन्।

२०६२/०६३ यता हाउजिङ परियोजनाको रुपमा विभिन्न स्थानहरूमा जग्गा खरिद गरी हाउजिङ बनाइ बिक्री गर्दै आएको उनले बयानमा उल्लेख गरेका छन्।

२२ वटा कम्पनी खडा गरी कारोबार

२०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रा.लि. खडा गरी कारोवार गर्नु भनी आन्तरिक राजश्व विभागको निर्देशनानुसार व्यवस्थित बसोबासका लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने काम शुरू गरिएको उनले बताएका छन्। सिभिल होम्स प्रा.लि. नामक कम्पनी दर्ता गरेर हाउजिङ परियोजना शुरू गरेको उनको कथन छ।

एउटा कम्पनीमा ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ सालतिर सिभिल अपार्टमेन्ट प्रा.लि. सहितका अन्य २१/२२ वटा जति कम्पनीहरू दर्ता गरी सञ्चालनमा ल्याएको उनले बयान दिएका छन्। तर अहिले कतिपय कम्पनी बन्द भइसकेको समेत उनले खुलाएका छन्।

सिभिल होम्स समेतका कम्पनीहरूले फेजवाइज हाउजिङ परियोजनाहरू सञ्चालन गरेको उनको कथन छ।

सबै कम्पनीहरूमा सञ्चालक समितिको अध्यक्ष उनी आफैं रहेको समेत स्वीकार गरेका छन्। त्यसका साथै ती कम्पनीहरूको सदस्य केशवलाल श्रेष्ठ समेत रहेको उनले बताएका छन्।

विभिन्न बैंकहरूमा उनको आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका नाममा खाताहरू रहेको उनले बताएका छन्। सिभिल बैंकमा संस्थापक शेयर संख्या ४ लाख ४८ हजार ६ सय रहेको उनले बताएका छन्। त्यसबाहेक अन्य बैंक, वित्तिय संस्था, कम्पनीहरूमा समेत शेयर हुनुका साथै काठमाडौंको कीर्तिपुरमा जग्गा जमिन रहेको उनले स्वीकार गरेका छन्।

भूकम्प र कोरोना महामारीका कारण कारोवारमा क्षति

२०७२ सालको विनासकारी भूकम्पका कारण कम्पनीहरूले निर्माण गरेका अपार्टमेन्टहरूमा ठूलो क्षति पुग्दा पुनःनिर्माण गर्न समय लागेकाले ठुलो नोक्सानी बेहोर्नुपरेको उनले बयानमा भनेका छन्।

त्यसपछि कोरोना महामारीका कारण घर/अपार्टमेन्ट बिक्री वितरणमा कमी आएकाले भने जतिको रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई चुक्ता गर्न नसकेको उनले बयान दिएका छन्।

विना धितो कर्जा

आफू संस्थाको अध्यक्ष भएको हुँदा संस्था नियम विनियमबमोजिम संस्थाको नाममा प्रायः जसो जग्गाहरू रजिस्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनीको संयुक्त लगानी भएकाले धितो राखी राख्न आवश्यक नपरेकाले धितो नराखिएको उनले बयानमा उल्लेख गरेका छन्। कतिपय लगानीमा धितो समेत राखिएको उनले भनेका छन्।

कर्जाबापतको रकम चुक्ता गर्न वचतकर्ताको नाममा समेत घर जग्गा रजिस्ट्रेसन पारित गरी कम्पनीहरूको नाममा रहेको साँवा ब्याज रकम घटाई आएको उनले बयान दिएका छन्।

संस्थामा सदस्य वचतकर्ताहरूले वचत गरेको रकम वचतकर्ता सदस्यहरूलाई फिर्ता गर्ने आफ्नो व्यक्तिगत दायित्व नभएर संस्थाको दायित्व रहेको उनले जिकिर गरेका छन्।    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x