बैशाख ७, २०७९
देशभर चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका पाँच राजनीतिक दलमा जहाँतहीँ भागबण्डाको किचलो छ । महानगर र उपमहानगरको सीट बाँडफाँड गठबन्धन दलका शीर्ष नेताहरूले टुंग्याउने भने पनि उनीहरूलाई निर्णयमा पुग्...
काठमाडाैं | मंसिर २०, २०७८
प्रशान्त महासागरमा रहेको सोलोमन आइल्यान्ड्स नामक देशमा विगत केही समयदेखि अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण तनावको स्थिति छ ।
उक्त देशको राजधानी होनियारामा गत नोभेम्बर महिनादेखि सरकारविरोधी हिंसा भड्किएपछि चारजनाको मृत्यु भइसकेको छ । हिंसाकै क्रममा पसलहरूमा लुटपाट गरिएको छ भने चाइनाटाउनलाई विशेष तारो बनाउँदै प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । दंगा मच्चाउनेहरूले संसद् भवनमा समेत आगजनी गरेका छन् ।
उक्त देशका प्रधानमन्त्री मनासे सोगाभारेको सरकारले सन् २०१९ मा ताइवानको साटो चीनलाई मान्यता दिने घोषणा गरेपछि पश्चिमले चित्त बुझाइहेको थिएन । सानो मुलुकले चीनसँग नजिकिएर फाइदा उठाउनका लागि पृष्ठभूमि बनाएको पश्चिमलाई पाच्य भएन ।
हुन पनि चीनलाई मान्यता दिएपछि सोलोमन आइल्यान्ड्सले आर्थिक लाभहरू हासिल गरेको छ । एसिया टाइम्समा हेमिश म्याकडोनल्डले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, चीनको एक कर्पोरेसनले सोलोमन आइल्यान्ड्सको विशाल सुनखानीलाई पुनः आरम्भ गर्नका लागि लगभग ८३ करोड डलर बराबरको लगानी गरेको छ । त्यसका साथै चीनले सन् २०२२ मा आयोजना गरिने साउथ पेसिफिक गेम्सका लागि १२ हजार सीटक्षमता भएको खेलकुद रंगशाला पनि बनाउन खोजेको छ ।
चीनको प्रभाव क्रमशः बढ्दै गएपछि पश्चिमले प्रधानमन्त्री सोगाभारेको सरकारलाई अपदस्थ गर्नका लागि विभिन्न प्रयास गरिरहेको देखिन्छ । आफूलाई मन नपरेको शासकलाई सबै उपाय अपनाएर हटाउने पश्चिम, अझ विशेषगरी अमेरिकाको पुरानै इतिहास छ ।
जुन देशमा पनि आन्तरिक समस्याहरू हुन्छन् नै । अन्य कतिपय देशमा जस्तै सोलोमन आइल्यान्ड्समा पनि कुशासन र भ्रष्टाचारको समस्या छ । सन् २००६ र २०१९ मा पनि कुशासनबाट आजित भएका मानिसले राजधानी होनियारामा दंगा गरेको यहाँ सान्दर्भिक छ ।
पश्चिमले जनताको त्यही असन्तुष्टिलाई भूराजनीतिक खेलका लागि उपयोग गरेको देखिन्छ । चीनसँग सम्बन्ध बढाएको मुगावारे सरकारलाई विपक्षी नेता म्याथ्यु वेलले विदेशी शक्तिको अधीनमा रहेको आरोप लगाए । उनले पश्चिमको भाषा बोलेका हुन् ।
सोलोमन आइल्यान्ड्स शक्तिराष्ट्रहरूको भूराजनीतिक प्रतिस्पर्धाको थलो बन्ने पृष्ठभूमि त्यहाँको आफ्नै भूगोलले पनि तयार पारेको हो ।
सोलोमन आइल्यान्ड्स नामबाटै यो देश विभिन्न टापुहरूको समूहबाट बनेको स्पष्ट हुन्छ । यसको मालाइता नाम टापुमा सबभन्दा धेरै जनसंख्या छ ।
हाल भएका दंगामा संलग्न मानिसहरू मालाइताबाट ग्वाडालकनाल टापु गएका हुन् र त्यही ग्वाडालकनालमा राजधानी होनियारा छ । सरकारले ताइवानको साटो चीनलाई मान्यता दिएपछि मालाइता प्रान्तले बेग्लै राज्य बनाउने समेत संकेत पहिले नै दिएको थियो । हालै भएका दंगामा पनि पृथक्तावादी नाराहरू घन्किएको विभिन्न सञ्चारमाध्यममा खबर आएका थिए ।
यसरी राजधानी होनियाराले चीनलाई मान्यता दिइसकेको अनि मालाइताले ताइवानलाई दिइएको मान्यता कायम राख्नुपर्ने माग राखिरहेको सन्दर्भ नै अहिलेको दंगाको पृष्ठभूमि हो । मालाइताका प्रमुख डेनियल सुइडानीले शीतयुद्ध मानसिकता अपनाउँदै चीनसँगको सम्बन्ध विस्तारको विरोध गरेका हुन् ।
मालाइतामा रहेका कट्टर क्रिस्चियनहरूले नास्तिक कम्युनिस्ट चीनसँग सम्बन्ध बढाउनु गलत भएको सोच राख्ने गरेको र सुइडानी लोकरञ्जनवादी नेता भएकाले त्यस्ता क्रिस्चियनहरूलाई खुशी बनाउनका लागि ताइवानसँगको सम्बन्ध कायम राख्न पहल गरेको विश्लेषण सोलोमनटाइम्समा टेरेन्स वूडले गरेका छन् । त्यसमा चीनभय पनि मिसिएको हुन सक्ने उनको भनाइ छ ।
प्रधानमन्त्री सोगाभारेले यी दंगाहरू विदेशीहरूको उक्साहटमा भएको र सत्तापरिवर्तन गर्ने दंगाबाजहरूको लक्ष्य भएको आरोप लगाए । उनको संकेत पश्चिमतर्फ रहेको स्पष्ट छ ।
सत्तापरिवर्तनको लक्ष्यसहित गरिएको दंगाले सफलता पाउन भने सकेन । सोमवार संसदमा प्रधानमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव १५ का विरुद्ध ३२ मतले पराजित भएको खबर सोलोमनटाइम्स डट्कमले दिएको छ । अर्थात्, चीनलाई सोलोमन आइल्यान्ड्सबाट भगाउने पश्चिमी षड्यन्त्र विफल भएको छ ।
भूराजनीतिक प्रतिस्पर्धाको यस कडीमा अस्ट्रेलिया पनि जोडिन आउँछ । अस्ट्रेलियाबाट नजिकै रहेको सोलोमन आइल्यान्ड्समा परम्परागत रूपमा अस्ट्रेलियाको प्रभाव रहिआएको छ । केही गाह्रोसाह्रो पर्दा सोलोमन आइल्यान्ड्सले अस्ट्रेलियासँग सहयोग माग्ने गरेको छ ।
अहिले दंगा भड्किँदा पनि प्रधानमन्त्री मोगाभारेले अस्ट्रेलियाको सहयोग मागेपछि उसले १०० जना दंगा प्रहरी पठाएको छ । उनीहरूसँगै पापुआ न्यु गिनी, फिजी, न्युजील्यान्ड र सामोआका सुरक्षाकर्मीहरू पनि सोलोमन आइल्यान्ड्समा खटिएका छन् ।
चीनसँग सम्बन्ध बढाएका प्रधानमन्त्री मोगाभारेले अस्ट्रेलियाको सहयोग किन लिए होलान् भनेर पनि प्रश्न उठाउन सकिन्छ । अस्ट्रेलिया हिजोआज चीनको घोर विरोधी बनेको छ । उसले अमेरिका र बेलायतसँग गरेको अकस सम्झौता पनि चीनलाई हिन्द प्रशान्त क्षेत्रमा रोक्नका लागि नै हो ।
चीनसँग निकट रहेको सरकारलाई सहायता गर्न अस्ट्रेलिया कसरी तयार भयो होला ? अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोका अनुसार, यसका विभिन्न कारण हुन सक्छन् । चीनले सोलोमन आइल्यान्ड्समा हस्तक्षेप गर्न सक्ने डरले हतार गरी अस्ट्रेलियाले आफ्नो सेना पठाएको हुन सक्छ । आखिर आफ्नो प्रभावक्षेत्रमा तेस्रो मुलुक, त्यो पनि विचारधारात्मक कित्ताबाहिरको मुलुकलाई हावी हुन दिन अस्ट्रेलिया कदापि चाहँदैन ।
अमेरिकी नेतृत्व क्वाडको महत्त्वपूर्ण सदस्यका रूपमा अस्ट्रेलियाले चीनविरोधी खेमाको क्षेत्रीय नेतृत्व प्रदर्शन गर्ने सोच पनि लिएको हुन सक्छ । त्यसका साथै अस्ट्रेलिया र पश्चिमले सोलोमन आइल्यान्ड्समा शान्ति कायम गरी चीन नभई आफूहरू जिम्मेवार शक्ति भएको देखाउन खोजेको हुनुपर्छ ।
यस घटनाक्रमले अस्ट्रेलिया प्रभाव प्रदर्शनका लागि चीनसँग प्रतिस्पर्धा गरिरहेको छ भन्ने पनि स्पष्ट पार्छ । अस्ट्रेलियाले सोलोमन आइल्यान्ड्सलाई १३ वर्षसम्म विभिन्न शीर्षकमा गरी ३ अर्ब अस्ट्रेलियाली डलर सहायता गरिसकेको यहाँ स्मरणीय छ । उसको प्रभावक्षेत्रमा चीनले आर्थिक गतिविधि बढाएपछि ऊ पछि हट्ने कुरै भएन ।
अस्ट्रेलिया र चीनको प्रतिस्पर्धा हुनु सोलोमन आइल्यान्ड्सको विकासका लागि सुखद जस्तो देखिए पनि त्यहाँ व्याप्त भ्रष्टाचारका कारण विकासको फल सर्वसाधारणले भन्दा पनि सत्ताधारीले पाएको चाहिँ दुःखदायी छ । सरकार भ्रष्टाचारमा लिप्त भएर जनताको आधारभूत आवश्यकतालाई बेवास्ता गरिदिँदा अहिलेको दंगा भड्किने माहोल तयार भएको र त्यस दंगामा गरीब बस्तीका मानिसहरू संलग्न रहेको स्थानीय पर्यवेक्षकहरूले बताएका छन् । गरीबीको चपेटामा परेका जनतालाई ठूल्ठूला विकासे तामझामले छुन नसकेको यसबाट स्पष्ट हुन्छ ।
तर मुख्य कुरा, चीनलाई सोलोमन आइल्यान्ड्समा प्रभाव जमाउन नदिने रणनीतिअन्तर्गत दंगा गराइएका हुन् भन्न सकिन्छ ।
सोलोमन आइल्यान्ड्समा विकसित घटनाक्रमले साना र विश्व राजनीतिमा प्रभाव पार्न नसक्ने मुलुकहरूलाई ठूलै पाठ सिकाएको छ । बेइजिङको निकट हुन खोज्ने जुनसुकै मुलुकमा पनि पश्चिमले आन्तरिक संघर्ष चर्काउन सक्छ र पृथक्तावादी सोचलाई मलजल समेत गराउन सक्छ भन्ने कुरा यसबाट देखिन्छ ।
देशभर चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका पाँच राजनीतिक दलमा जहाँतहीँ भागबण्डाको किचलो छ । महानगर र उपमहानगरको सीट बाँडफाँड गठबन्धन दलका शीर्ष नेताहरूले टुंग्याउने भने पनि उनीहरूलाई निर्णयमा पुग्...
रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।&nbs...
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिन सहमत भएपछि पोखरामा कांग्रेसभित्र विद्रोह भयो । कांग्रेस कास्की समितिका सचिवद्वयले सभापतिलाई जानकारी नै नदिई विज्ञप्ति प्रकाश...
केन्द्रीय गठबन्धनले गरेको सहमतिविपरीत बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । सहमतिविपरीत जसपाले प्रमुखमा सोहन शर्मा र उपप्र...
रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ । अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) ...
तमाम अन्योल र आशंकाबीच शुक्रवार स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएको छ । एकाध ठाउँमा भएका झडपबाहेक प्रायः मतदान शान्तिपूर्ण भएको छ । प्रचण्ड गर्मी र झरीको पर्वाह नगरी मतदाताले आफ्नो विवेकको मत बाकसम...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...