१४ असार २०८३, आइतबार

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २० मा

मंसिर २१, २०७८
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २० मा

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगले आगामी पुस २० गते राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गर्नुपर्ने गरी कार्यतालिका बनाएको हो । 

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

त्यसै गरी २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका आयोगले बनाएको छ । 

पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको पौडेलले बताए ।

आयोगले पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ । माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।

निर्वाचनमा भाग लिन चाहने दलले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्