२२ असार २०८३, सोमबार

कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रूपमा स्थापित गराउँछु : गगन थापा

मंसिर २३, २०७८
कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रूपमा स्थापित गराउँछु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन् ।

नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच आफ्ना अवधारणा पत्र सार्वजनिक गर्दै उनले चुनाव आफैं जित्ने जनताको रोजाइको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताए । नेता थापाले भने, ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैं जितिन्छ । आफैं आउँछन् मतदाता । लाइन लागेर आउँछन् । कांग्रेसलाई छान्न आउँछन्, रोज्न आउँछन् । कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’

नेता थापाले आफू महामन्त्री भए कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रूपमा स्थापित गराउने बताए । उनले महामन्त्रीको रूपमा आफूले कांग्रेसलाई प्रश्न होइन, उत्तर दिने, समस्या होइन, समाधान दिनसक्ने पार्टी बनाउने संकल्प लिएको बताए ।

उनले भने, ‘मैले महामन्त्रीको रूपमा २०७८ सालदेखि ८२ साल मैले तपाईंहरूको मायाले महामन्त्री हुने अवसर पाए भने मेरो गन्ती त्यहीबाट शुरू हुन्छ । ठीक ४ वर्षपछि अहिलेको जस्तो साढे ४/५, साढे ५, तन्काउ निर्वाचन आयोग भनेर होइन । ठीक ४ वर्षपछि अधिवेशन हुन्छ । प्रत्येक कांग्रेसको सदस्य एउटा आन्दोलनसँग त्यो जोडिन्छ । एउटा मिसनसँग जोडिन्छ । केको लागि कांग्रेस ? किन कांग्रेस, त्यसको प्रस्ट उत्तर हुन्छ । कांग्रेससँग प्रश्न होइन, कांग्रेससँग उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन, कांग्रेससँग समाधान हुन्छ । त्यो कांग्रेस बनाउने हो र कुनै पनि सरकारले गर्न नसकेको डेलिभरी सुशासन, त्यो कांग्रेसले गर्छ । किनकि प्रस्ट हुन्छ, मेरो लक्ष्य समुन्नत नेपाल हो भनेर । ऊ प्रस्ट हुन्छ कि ऊसँग पहिले कार्यक्रम तयार भएको हुन्छ । किनकि उ प्रस्ट हुन्छ किनकि त्यो कार्यक्रम बोकेर बस्ने साथी व्यक्तिको लागि होइन, मेरो लागि होइन अरुको लागि म होईन हामीका लागि भनेर त्यहाँ गएको हुन्छ । इमान्दार भएर काम गर्छ । ४ वर्ष उसले सरकार चलाउँछ । ८२ सालसम्मको हाम्रो अवधि सकिन्छ । तपाईंले मलाई यो परीक्षामा उत्तीर्ण गराउनुभयो भने म त्योभन्दा अरु कक्षामा पढ्न योग्य हुन्छ कि हुन्न भन्ने परीक्षा उत्तीर्ण भए योग्य भइन्छ । परीक्षा उत्तीर्ण नभए योग्य भइन्न । जीवनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक परीक्षा त्यहीँबाट शुरू हुन्छ । त्यसैले म एउटा गौरवशाली पार्टी भित्र एउटा ठूलो जिम्मेवारी लिनका निम्ति तपाईंहरूको बीचमा उभिएको छु ।’

salt training

कमेन्ट गर्नुहोस्