२२ असार २०८३, सोमबार

राजस्व छलीको आरोपमा मुद्दा

मंसिर २३, २०७८
राजस्व छलीको आरोपमा मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा दुई जना विरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सिन्धुपाल्चोक घर भइ हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ बस्ने सत्यम शिवम कन्सट्रक्सन प्रालिका सञ्चालकद्वय रामकुमार प्याकुरेल र सङ्गिता कुमारी झा विरुद्ध मुद्दा चलाइएको हो । उनीहरुमाथि रु ५० लाख ७६ हजार विगो बराबरको राजस्व छली गरेको आरोप छ ।

वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको दावी छ । मुल्य अभिवुद्धि करतर्फ र रु १६ लाख ७७ हजार र आयकरतर्फ ३४ लाखसमेत गरी ५० लाख ७६ हजार राजस्व चुहावट गरेको खुलेको विभागले उल्लेख गरेको छ ।विगो असुल उपर गरी विगो बराबरको जरिवाना तथा तीन वर्ष कैद सजायको माग दावी लिई मुद्दा दायर गरिएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्