२१ जेठ २०८३, बिहीबार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

मंसिर २४, २०७८
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

रूपन्देहीको सैनामैना नगरपालिकाका एक पुरूषले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् । 

सैनामैना–८ का सन्तबहादुर घर्तीले ३६ वर्षीया खुमालाई शुक्रवार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ । 

रूपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले खुकुरी प्रहार गरी खुमाको हत्या गरेको खुलेको जानकारी दिए । 

प्रहरीका अनुसार शुक्रवार बिहान बुटवल–११ स्थित दिदीको घरमा आएका बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । 

खुकुरी प्रहारबाट गम्भीर घाइते खुमाको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी पौडेलले बताए ।

श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार भएका सन्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीका अनुसार उनीहरूबीच केही समयदेखि पारिवारिक द्वन्द्व चलिरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्