×

NMB BANK
NIC ASIA

गठबन्धनमा कुनै समस्या छैन तर एमालेले खेल्न खोज्यो- प्रचण्ड

पुस १०, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ पाँच दलीय गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

Muktinath Bank

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई थप मजबुत बनाउने प्रयास भइरहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गठबन्धनमा हामीले कुनै समस्या महसुस गरेका छैनौं । तर, परिवर्तनलाई उल्ट्याउन चाहने तत्त्व भने चुप लागेका छैनन्,’ प्रचण्डले भने, ‘जो संविधान खारेज गर्न चाहन्छ, यो परिवर्तन उल्ट्याउन चाहन्छ उसले गठबन्धन टुटाउन जे पनि गर्ने बताइरहेका छन् ।’


Advertisment
Nabil box
Kumari

संसदको प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन टुटाउने हो भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग हुन सक्छ भनेर खुलेआम भन्दै आएको प्रचण्डले बताए ।

Vianet communication

‘जिम्मेवार राजनीतिक दलले आफ्नो पोजिसन यो हो भनेर राख्नुपर्ने हो । तैंले यसो गरिस् भने म यसो गर्छु भन्न सुहाउने कुरा हो र ? गठबन्धन टुटाउने हो भने एमसीसी पारित गर्न सहयोग गर्न सकिन्छ नभए के हो के हो भन्ने कुरो प्रतिपक्षबाट आइरहेको छ,’ प्रचण्डले भने । 


एमालेले प्रतिनिधि सभा काम छैन भन्ने प्रमाणित गर्न दिनदिनै अवरोध गरिरहेको प्रचण्डले बताए ।

उनले भने, ‘प्रचण्डले संसदमा गाईजात्रा देखाइरहेको छ । आफूले दुई पटक विघटन गरेको संसद काम छैन भन्ने प्रमाणित गर्ने प्रयास गरिरहेको छ । यो पनि प्रतिगमनकै निरन्तरता हो ।’

अर्को प्रसंगमा प्रचण्डले एमसीसीबारे अमेरिकासँग निरन्तर संवाद भइरहेको र अनावश्यक दबाब नदिन भनेको बताए । 

‘एमसीसीबारे अमेरिकासँग पनि निरन्तरजस्तै संवाद भइरहेको छ । राष्ट्रिय सहमति बनाउने प्रयासमा छौं, त्यसको लागि समय लाग्न सक्छ । समयको लागि कुनै दबाब हुनु हुँदैन भनेको छु,’ प्रचण्डले भने । 

आइतवारबाट काठमाडौंमा शुरू हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट आउने निष्कर्षले पार्टीलाई पुनः जनतासँग जोड्ने उनले बताए । 

अहिले पार्टी जनताबाट टाढिएको महसुस भएको भन्दै प्रचण्डले फेरि जनताको माझमा जाने गरी राष्ट्रिय सम्मेलनबाट नीति र कार्यक्रम आउने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x