
अमेरिकाको पोर्टल्यान्ड स्थित इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपले (आईओएफटीसी) ले शनिवार आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल सामग्री प्रदान गरेको छ ।
आईओएफटीसी टीम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो ।
आईओएफटीसी टीम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपैयाँ रहेको जानकारी दिए । यसै गरी आईओएफटीसीले म्युजिक हाउस, कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाकाली अनाथ असहाय भोजन गृहलाई १५ हजार रुपैयाँ प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले १२ डोजाङ र म्युजिक हाउसका प्रतिनिधिलाई खेल सामाग्री र सहयोग रकम हस्तान्तरण गरिन् ।
