
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले प्रतिनिधि सभाको तेस्रो विघटन गराउन खोजेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दलले सदनभित्र विचित्रको जात्रा देखाएको प्रचण्डले टिप्पणी गरे ।
शनिवार राजधानीमा सम्पादकहरूसँगको भेटमा प्रचण्डले निर्वाचन आयोगले मान्यता दिइसकेको विषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले तेस्रो पटक प्रतिनिधि सभाको विघटन गराउने खोजेको आरोप लगाएका हुन् ।
‘अहिले सदनभित्र विचित्रको जात्रा देखिएको छ, कारण केही पनि छैन, संसदमा माधव नेपाल देखिनु भएन रे,’ उनले भने, ‘पार्टीको विवाद सर्वोच्चमा पुगेको, निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा विनाकारण लगातार संसद अवरुद्ध गरेर एमालेले तेस्रो पटक प्रतिनिधि सभा विघटन गराउन खोजेको छ, विघटन हुन कुनै हालतमा दिइने छैन ।’