
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् ।
उद्घाटन समारोहमा सहभागिताको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई फोन मार्फत निमन्त्रणा गरेका थिए ।
गृहजिल्ला झापामा पूर्व निर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै ओलीले आउन नसक्ने जानकारी गराएका थिए ।
ओली सहभागी नहुने भएपछि एमालेले महासचिव पोखरेललाई सम्मेलनमा अतिथि बनाएर पठाएको हो ।
माओवादीको महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएका छन् ।