०३ असार २०८३, बुधबार

सोलुखुम्बुमा फलामको पाइप पड्किँदा २ जनाको मृत्यु

सोलुखुम्बुमा फलामको पाइप पड्किँदा २ जनाको मृत्यु

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाइड्रोपावर हाउसमा पाइप पड्किँदा दुई जनाको मृत्यु भएको छ ।

फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार साँझ पाइप पड्किएको हो ।  

मृत्यु हुनेहरूमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका-५ का २९ वर्षीय अर्जुन थापा रहेको प्रहरीले जनाएको छ ।

पाइप पड्किँदा गम्भीर घाइते भएका उनीहरूलाई हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सिरहा औरही गाउँपालिका-२ बस्ने २९ वर्षीय मो.जावेतर राइनलाई उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ ।   

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्