×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

माओवादीको २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार

पुस १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट चयन भएका २९९ मध्ये २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार अटाएका छन् । माओवादी केन्द्रको बन्दसत्रमा पुष्पकमल दाहाल प्रचण्डले आफूसहित केन्द्रीय कमिटीमा रहने २३६ जनाको नाम घोषणा गरेका थिए भने सो नाम हलले अनुमोदन गरेसँगै पार्टीको कमलादीमा ८ दिनदेखि जारी महाधिवेशन आइतबार सम्पन्न भएको थियो ।

Muktinath Bank

यसअघि माओवादीको आयोजक कमिटीमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, शक्ति बहादुर बस्नेत, हरिबोल गजुरेल, अच्युतम प्रसाद काफ्ले, अजम्बर राई काङमाङ, अजय शंकर नायक, अञ्जना विसङ्खे, अमर बहादुर गुरुङ, अमृता थापा, अशोक कुमार मण्डल, आशा कोइराला, ओनसरी घर्ती, ओमनाथ ढुंगाना, इन्द्रबहादुर आङ्बो, इन्द्रजित थारु, ईश्वरी प्रसाद भट्टराई, उर्मिला अर्याल, एकचन्द्र बराल, कमला रोका, कल्पना धमला, कालीबहादुर मल्ल, किरणकुमार राई, कुमार प्रसाद पौडेल थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै कुमारी मोक्तान, कुलप्रसाद केसी, केशव नेपाल, कृष्णबहादुर केसी, कृष्ण प्रसाद धिताल, कृष्ण प्रसाद सापकोटा र कृष्णध्वज खड्का, खगराज भट्ट, खिमलाल देवकोटा, गजेन्द्र बहादुर महत, गणेशमान पुन, गुप्त बहादुर ठकुरी, गोपाल ठाकुर, गोपीबहादुर अछामी, गंगा कार्की, गंगाकुमारी बेल्बासे, चूडामणि खड्का, जगतप्रसाद यादव, जगप्रसाद शर्मा, जयपुरी घर्ती, जोखबहादुर महरा, जोगकुमार बर्बरिया यादव, जीवन गौतम, झक्कु प्रसाद सुवेदी, झकबहादुर मल्ल, टेक बहादुर बस्नेत, डिलाराम आचार्य, डोरप्रसाद उपाध्याय, ताराकुमारी घर्ती, तारामान स्वाँर, तीलकराम शर्मा, तुलाराम घर्तीमगर, तेज बहादुर ओली, दलजित बिके श्रीपाली, दामाकुमारी शर्मा, दिलिप कुमार प्रजापति, दिलीप महर्जन, दीनानाथ शर्मा, दीपबहादुर योञ्जन, दीपेन्द्र कुमार पुन मगर, दुर्गा जयन्ती राई, देवराज रेग्मी, देवी खड्का, देवीलाल चौधरी, देवेन्द्र पराजुली, धर्मदत्त देवकोटा, धर्मशीला चापागाईं पनि कमिटीमा थिए ।


Advertisment
Nabil box
Kumari

यस्तै धीरेन्द्र शर्मा, नरबहादुर विष्ट, नरेन्द्र बहादुर कुँवर, नरेश भण्डारी, नारायणप्रसाद दाहाल, नारायण शर्मा पौडेल, नारायणी शर्मा, निर्मल आचार्य, नेपबहादुर थारु, पदम बहादुर राई, परशुराम तामाङ, परशुराम रम्तेल, पार्वती थापा, पूर्णाकुमारी सुवेदी, पुष्पविक्रम मल्ल, प्रकाशहरि पोखरेल, प्रह्लाद कुमार बुढाथोकी, बलावती शर्मा, बसन्त कुमार शर्मा, वामदेव क्षेत्री घिमिरे, बालकृष्ण गैरे, बीना मगर, बिमला सुवेदी, भरतप्रसाद शाह, महेन्द्र पासवान, महेन्द्र बहादुर शाही, महेश्वरजंग गहतराज, महेश्वर दाहाल, माधव सापकोटा, मानबहादुर बुढा मगर र माया प्रसाद शर्मा, मुक्ति नारायण प्रधान, यशोदा गुरुङ सुवेदी, युवराज चौलागाईं, युवराज दुलाल, युवराज भट्टराई, राजकाजी गुरुङ, रामकुमार शर्मा, राजु खड्का, राजेन्द्र कार्की, रामकुमार राई, रामकुमार शर्मा, रामकुमार यादव, रामकुमारी चौधरी, रामदीप आचार्य, रामप्रसाद सापकोटा, रामेश्वर राय यादव यादवसहित  रुपा सोशी चौधरी, रेखा शर्मा, रेनु दाहाल, रेनु चन्द, लक्ष्मण पन्त, लक्ष्मणदत्त जोशी, लेखनाथ न्यौपाने, लेखनाथ दाहाल, विजय भण्डारी, विन्दमान विष्ट, वीरमान चौधरी, विश्वनाथ साह, बोधमाया कुमारी यादव, सन्तकुमार थारु, सन्तकुमार दरै, सत्या पहाडी, समिता कार्की, सावित्री कुमार काफ्ले, सीता पौडेल, सुकबहादुर रोका, सुदन किराती, सुनिल कुमार मानन्धर, सुरेश कुमार आले मगर, सुरेश कुमार राई, सुरेन्द्र कुमार कार्की, सूर्य प्रकाश सुवेदी, सुशीला सिम्खडा, सुशीला श्रीपाली ठकुरी, शरदसिंह भण्डारी, शशी श्रेष्ठ, शालिकराम जमकट्टेल, शिव बहादुर बस्नेत, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, श्रीराम ढकाल, हकिकुल्लाह मुसलमान, हरि दाहाल, हरिनारायण चौधरी, हरिबहादुर चुमान, हरिराज अधिकारी, हितमान शाक्य, हितबहादुर तामाङ, हितराज पाण्डे, हिमाल शर्मा, हेमकुमार राई, हेमराज भण्डारी, हेमराज शर्मा पोखरेल, त्रिलोचन भट्ट, ज्ञानु बस्नेत सुवेदी, लोकन्द्र लम्साल, लक्षिराम आचार्य, अनिल किशोर घिमिरे, तिलक परियार, गोविन्द बिक र आरबी फुयाँल पनि आयोजक कमिटीमा थिए ।  उल्लेखित नाममध्ये अधिकांश  केन्द्रीय कमिटीमा अटाएका छन् । यस्तै क्लस्टरवाइज गर्दा नयाँ अनुहार पनि आएका छन् ।
आइतबारको बन्दसत्रबाट चयनका भएका २३६ जनाको सूची हेर्नुहोस्
००००
यसैबीच माओवादी केन्द्रको नयाँ अध्यक्ष र पदाधिकारी चयन गर्न सोमबार केन्द्रीय कमिटीको बैठक बस्दैछ । ललितपुरको सानेपामा बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिइनुका साथै अध्यक्षर  पदाधिकारी चयन गर्ने छ । अध्यक्षमा प्रचण्ड नै छानिने निश्चित भएपनि पदाधिकारीमा भने दावी गर्ने धेरै रहेकाले सहमतिको प्रयास जारी छ ।
००००
रासायनिक मल (डीएपी) खरिदमा १ अर्ब ५३ लाख २२ हजार ४०६ रूपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्ता समेतको मिलेमतोमा गुणस्तरहीन मल खरिद गरिएको भन्दै आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
००००
नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच आइतवार छलफल भएको छ ।  यसअघि क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीसहित १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएपछि क्यानले आइतबार उनीहरुसँग छलफल गरेको थियो। छलफलमा  तत्कलीन कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल र  उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता लिने सम्बन्धमा क्यान सकारात्मक भएको छ।  यसबारे क्यानको बोर्ड बैडकले थप निर्णल लिने क्यान स्रोतले बताएको छ ।
००००

Vianet communication
Laxmi Bank

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रतिनिधिमण्डलले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।
००००
सोमबार बिहान सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
००००
नेकपा एमाले, केन्द्रीय सचिवालयको दोस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ भएको एमालेले जनाएको छ ।
००००
एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले भाजपा विदेश विभागका प्रमुखलाई भेटेको विषयमा टिप्पणी गरेका छन् । उनले के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ? भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । भारतको निजी भ्रमणमा रहेकी राणाले आइतबार बिजेपी बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।
००००
पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६३१ नमूना परीक्षणमध्ये २१३ पीसीआर र ३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५९६ पुगेको छ । मन्त्रालयका अनुसार थप २०९ जना संक्रमणमुक्त भएका छन् ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रूपैयाँसहित सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका(४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले शनिवार पक्राउ गरेको छ । पोखरेल सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारी हुन् । सोही एयरलाइन्सका स्टेशन मेनेजर पनि पक्राउ परेका छन् ।
००००
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । यसैबीच देउवाले केन्द्रीय समितिमा थप तीन जनालाई मनोनयन गरेका छन् । शनिवार देउवाले रामचन्द्र पौडेल सहित १० जनालाई मनोनयन गरेका थिए । आइतवार देउवाले सभापतिमा पहिलो चरणमा आउट भएका कल्याण गुरुङ तथा महामन्त्रीमा पराजित प्रदीप पौडेल, सहमहामन्त्रीमा पराजित जीवन बहादुर शाहीलाई मनोनयन गरेका हुन् ।
००००
पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आइतबार मलामी बोकेको बस दुर्घटनामा परेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x