×

NMB BANK
NIC ASIA

प्रदेश १ राष्ट्रियसभा चुनाव : ३ सीटका लागि ८ जनाको उम्मेदवारी, कुन दलको मतभार कति ?

पुस २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा ३ सीटका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

Muktinath Bank

मंगलवार भएको मनोनयन दर्तामा ८ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल फागुनमा सकिन लागेकाले चुनाव हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेले अन्यतर्फ मोरङका गुरु बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अपाङ्गता/अल्पसंख्यकतर्फ सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ भने गठबन्धनले नेपाली कांग्रेसबाट अन्यतर्फ गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीबाट महिलातर्फ जयन्ती राई र जनता समाजवादी पार्टीबाट अपाङ्गता/अल्पसंख्यकतर्फ हेमराज राईले मनोनयन दर्ता गराएका छन् । 


Advertisment
Nabil box
Kumari

झापाबाटै राप्रपाले पनि मनोनयन दर्ता गराएको छ । अन्यतर्फ अम्बरबहादुर विष्ट र महिलातर्फ रन्जु प्याकुरेलले मनोनयन दर्ता गराएका छन् । 

Vianet communication
Laxmi Bank

केन्द्रमा रहेको ५ दलीय सत्तारुढ गठबन्धनमा १ नम्बर प्रदेशमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि सामेल रहेकाले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेभन्दा बढी देखिएको छ ।

सबै मतदाताले मतदानमा सहभागी भएमा र ‘फ्लोर क्रस’ नभएमा १ नम्बर प्रदेशका ३ वटै सीट गठबन्धनका उम्मेदवारले जित्ने देखिएको छ । स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा १ नम्बर प्रदेशमा ३६४ मतदाता छन् ।

प्रदेश सभाका ९३ मतदाता रहेकोमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनको पद रिक्त भएर ९२ मतदाता छन् भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएका कारण २७२ जना मतदाता छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकाले स्थानीय तहका मतदाताको पद रिक्त छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी १ नम्बर प्रदेशमा जम्मा मतभार ९ हजार ३१२ रहेको छ ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको मतभार ४ हजार ५४२ रहेको छ भने गठबन्धनको मतभार ४ हजार ६८६ देखिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको मतभार १२० रहेको छ ।

प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० जना उपाध्यक्ष र उपमेयर छन् । प्रदेश सभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५७४ मतभार रहेको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ छन् । कांग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ रहेकोमा मतभार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार २ हजार ७३६ छ ।

माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार १ हजार ८ छ । नेकपा एकीकृत समाजवादीका स्थानीय तहका प्रमुख र अध्यक्ष ६ जना तथा उपप्रमुख र उपाध्यक्ष ५ जनाको मतभार १९८ रहेको छ भने प्रदेश सभाका १० सदस्यको ४८० मतभारसहित एकीकृत समाजवादीको जम्मा मतभार ६७८ रहेको छ ।

प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार छ । प्रदेश सभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x