०१ साउन २०८३, शुक्रबार

बौद्धमा कोठाभित्रै युवा–युवती मृत भेटिए

बौद्धमा कोठाभित्रै युवा–युवती मृत भेटिए

काठमाडौंको बौद्धमा २ जना मृत भेटिएका छन् ।

बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवती कोठामै मृत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले लाेकान्तरलाई जानकारी दिए ।

उनका अनुसार बिहीवार राती संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

 ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ ।

घटनाबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  घटनास्थलबाट धारिलो हतियार बरामद गरेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्