३० असार २०८३, मंगलबार

एमाले त्यागेलगत्तै राम मल्ल भूमि आयोग गुल्मीको अध्यक्ष

एमाले त्यागेलगत्तै राम मल्ल भूमि आयोग गुल्मीको अध्यक्ष

गुल्मीका नेकपा एमालेका जिल्ला नेता राम मल्ल ठकुरीले एमाले परित्याग गरेका छन् । 

जिल्ला समन्वय समिति गुल्मीका सदस्यसमेत रहेका ठकुरीले औपचारिक रुपमा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।

उनी एमाले परित्याग गरेसँगै राष्ट्रिय भूमि आयोग गुल्मीको अध्यक्ष भएका छन् । 

उनी शुरूदेखि नै माधवकुमार नेपाल पक्षमा थिए । तर, १० बुँदे सहमतिपछि जिल्ला नेता गोकर्ण विष्टसँगै रहेका उनले त्यहाँ सन्तुष्ट हुन नसकेपछि एमाले परित्याग गरेको बताए । 

पछिल्लो समय एमाले सचिव विष्टको कार्यशैली र विचार दोधारे भएकाले आफू एमालेमा बस्न नसकेको उनले प्रष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्