२१ जेठ २०८३, बिहीबार

विदेशबाट आएका व्यक्तिलाई बाटोबाटै अपहरण, ३ जना पक्राउ

विदेशबाट आएका व्यक्तिलाई बाटोबाटै अपहरण, ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरंखुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौं–१६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे छन् ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले मंगलवार एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबईबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए । 

उनीहरूले काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार उनीहरूले पीडितलाई कुटपिट गरी चुरोटको ठुटाले पोलेर ज्यान मार्ने धम्की दिँदै यातना समेत दिएका थिए । उनीहरूले रामको झोला र मोबाइल समेत लगेका थिए । सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको परिसरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्