२२ असार २०८३, सोमबार

देउवालाई एमालेको जवाफ : संसद चलाउन सभामुखको राजीनामा या १४ सांसदमाथि कारवाही बटमलाइन

देउवालाई एमालेको जवाफ : संसद चलाउन सभामुखको राजीनामा या १४ सांसदमाथि कारवाही बटमलाइन
फाइल फोटो

नेकपा एमालेले संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा या एमालेले कारवाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने शर्त रहेको बताएको छ । 

शुक्रवार राष्ट्रको नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले ‘संसदमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद र सहमतिको माध्यमबाट संसद्को गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याइने’ बताएका थिए । 

देउवाको सम्बोधनपछि लोकान्तरसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसद् सञ्चालन गर्नका लागि सभामुखको राजीनामा या एमालेले कारवाही गरेका १४ सांसदमाथिको कारवाही कार्यान्वयन बटमलाइन भएको बताए । 

‘एमालेलाई विश्वासमा लिनका लागि या सभामुखको राजीनामा गराउनुपर्‍यो अथवा ढिलै भए पनि १४ जना सांसदमाथिको कारवाही सदर हुनुपर्‍यो,’ भट्टराईले लोकान्तरसँग भने, ‘अदालतमा उहाँहरूको सेटिङ रहेकाले अदालतबाट फैसला गराउनुभयो भने पनि हामी बाटो खोल्दिन तयार छौं ।’

माधव नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही सभामुख सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले गत भदौ महिनादेखि संसद्मा अवरोध गर्दै आएको छ । 

भट्टराईले देउवा सरकारले ६ महिनाको समय खेर फालेको टिप्पणी गरे । ‘यो बीचमा जनतालाई निराश बनाउने र राष्ट्रिय स्वाभिमानलाई गिराउनेबाहेक केही काम भएको छैन,’ भट्टराईले भने ।  

salt training

कमेन्ट गर्नुहोस्