२९ असार २०८३, सोमबार

उत्तर प्रदेशको चुनावमा चीन र पाकिस्तानलाई घुसाएपछि ...

माघ १०, २०७८
उत्तर प्रदेशको चुनावमा चीन र पाकिस्तानलाई घुसाएपछि ...

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ । 

मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

यसैबीच सपा प्रमुख अखिलेश यादवले पाकिस्तानबारे दिएको अभिव्यक्ति विवादमा परेको छ । इकोनोमिक्स टाईम्ससँगको अन्तर्वार्तामा अखिलेशले भनेका छन्, ‘भारतको सबैभन्दा ठूलो दुश्मन पाकिस्तान होइन, बरु चीन हो । पाकिस्तानलाई त भाजपाले देशको सबैभन्दा ठूलो दुश्मन बनाएको छ ।’

भारत र पाकिस्तानबीच आतंककारी हमला हुने गरेका आरोपबीच आएको सपा प्रमुख यादवको अभिव्यक्तिविरुद्ध भाजपा नेताहरू आक्रामक बनेका छन् । यसरी उत्तर प्रदेशको चुनावमा पाकिस्तानलाई घुसाइएको छ ।

भारतमा पाकिस्तान विरोधी भावना समेत व्यापक छ । यसै मौकामा अखिलेशको भनाइलाई बहसमा ल्याएर भाजपाले राजनीतिक लाभ लिन खोजेको छ । भाजपा प्रवक्ता संबित पात्राले अखिलेशको भनाइको प्रतिवाद गरेका छन् ।

पाकिस्तानलाई १ नम्बर दुश्मन नमान्ने अखिलेशको भनाइलाई भाजपाले चुनावसम्मै बहसमा ल्याउने र अखिलेशलाई चुनावी मोर्चामा कमजोर पार्ने रणनीति लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्