जेठ ३, २०७९
रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका...
भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।
मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
यसैबीच सपा प्रमुख अखिलेश यादवले पाकिस्तानबारे दिएको अभिव्यक्ति विवादमा परेको छ । इकोनोमिक्स टाईम्ससँगको अन्तर्वार्तामा अखिलेशले भनेका छन्, ‘भारतको सबैभन्दा ठूलो दुश्मन पाकिस्तान होइन, बरु चीन हो । पाकिस्तानलाई त भाजपाले देशको सबैभन्दा ठूलो दुश्मन बनाएको छ ।’
भारत र पाकिस्तानबीच आतंककारी हमला हुने गरेका आरोपबीच आएको सपा प्रमुख यादवको अभिव्यक्तिविरुद्ध भाजपा नेताहरू आक्रामक बनेका छन् । यसरी उत्तर प्रदेशको चुनावमा पाकिस्तानलाई घुसाइएको छ ।
भारतमा पाकिस्तान विरोधी भावना समेत व्यापक छ । यसै मौकामा अखिलेशको भनाइलाई बहसमा ल्याएर भाजपाले राजनीतिक लाभ लिन खोजेको छ । भाजपा प्रवक्ता संबित पात्राले अखिलेशको भनाइको प्रतिवाद गरेका छन् ।
पाकिस्तानलाई १ नम्बर दुश्मन नमान्ने अखिलेशको भनाइलाई भाजपाले चुनावसम्मै बहसमा ल्याउने र अखिलेशलाई चुनावी मोर्चामा कमजोर पार्ने रणनीति लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् । न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य क...
कोइलाको विश्व बजारमा पुनर्वितरणको सिद्धान्त लागू हुने देखिएको छ । युरोपेली संघले रुसको कोइलामा प्रतिबन्ध लगाउने निर्णय लिएपछि सन् २०२२ को अन्त्यसम्ममा कोइलाको मूल्य दोब्बर बढ्ने स्बेरसीआईबी इन्भेस्टमेन्ट रि...
फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् । यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो सदस्यताका...
जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् । “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँद...
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फिनल्यान्ड र स्विडनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बन्न नदिने बताएका छन् । नेटोका सबै ३० सदस्यको सर्वसम्मतिमा मात्र नयाँ सदस्य जोडिन मिल्छ । सबै मुलुक...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...