
मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्तीनजकि उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार अनिल कुमार मण्डलाई प्रहरीले पक्राउ गरेको हो ।
उनकै सूचनाको आधारमा प्रहरीले आज ललितपुरको गोदावरी नगरपालिका–१२ थापाखेलमा प्रमेश थापा मगरको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।
‘अनितलकुमार मण्डले दिएको सूचनाको आधारमा प्रहरीले खाल्डोमा रहेको शव फेला पारेको हो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
मण्डललाई प्रहरीले अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।