२२ असार २०८३, सोमबार

एमसीसी जबरजस्ती अगाडि बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

एमसीसी जबरजस्ती अगाडि बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे प्रधानमन्त्री एकलौटी रुपमा अघि बढे नेकपा (माओवादी केन्द्र) गठबन्धन र सरकारबाट बाहिरिने बताएको छ । 

नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने बताए ।

‘पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ,’ बैठकपछि गुरुङले भने ।

उनले एमसीसी संसदमा लैजान सरकारले निर्णय गर्नुपर्ने बताएका छन् ।

लोकान्तर डटकमसँगको छुट्टै कुराकानीमा गुरुङले भने, ‘पाँच दलीय गठबन्धनको सरकार छ । सरकारले निर्णय नगरेसम्म संसदमा लैजान मिल्दैन । अहिलेसम्म गठबन्धनमा सहमति बनेको छैन । सरकारले पनि निर्णय गरेको छैन ।’

केपी ओली नेतृत्वको सरकारले निर्णय गरेर संसदमा पेश गर्ने निर्णय गरेको भए पनि त्यसले अहिले काम नगर्ने उनले दाबी गरे ।

‘अघिल्लो सरकारले अघि बढाएको विधेयक संसदमा लैजान पनि सरकारको निर्णय चाहिन्छ । एमसीसीबारे पनि सरकारले निर्णय गर्नुपर्छ । प्रधानमन्त्री एकलौटी ढंगले चल्न मिल्दैन,’ गुरूङले भने । 

salt training

कमेन्ट गर्नुहोस्