२२ असार २०८३, सोमबार

कीर्ते र बैकिङ कसूरमा एक जना पक्राउ

कीर्ते र बैकिङ कसूरमा एक जना पक्राउ

लिखत कीर्ते र बैंकिङ कसूरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले दोलखा बिगु गाउँपालिका–३ का ३८ वर्षीय मोहनबहादुर तामाङलाई सोमवार बौद्धबाट पक्राउ गरेको हो । 

काठमाडौं जिल्ला अदालतबाट पुस १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई उच्च अदालत पाटनले २०७६ चैत ४ गते बैकिङ् कसूरमा फरार प्रतिवादी तोकेको थियो । 

जिल्ला अदालत काठमाडौंका कीर्तेमा निलम्बन भएका २ जना कर्मचारीसँग मिलोमतो गरेको महाशाखा जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्