२२ असार २०८३, सोमबार
चिनियाँ चासो

एमसीसी सम्बन्धमा बोल्यो चीन– ‘नेपाललाई अनावश्यक दबाब दिने कुराको विरोध गर्छौं’

एमसीसी सम्बन्धमा बोल्यो चीन– ‘नेपाललाई अनावश्यक दबाब दिने कुराको विरोध गर्छौं’

नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिइरहेको दबाबका सम्बन्धमा चीनले चासो व्यक्त गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले नेपालमा अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएका छन् । 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा छापिएको खबरअनुसार, शुक्रवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाललाई अमेरिकाले एमसीसी लिनका लागि बाध्य बनाइरहेको भन्ने समाचारमा टिप्पणी गरेका हुन् । 

नेपालसँग सहकार्य गर्न, नेपालको आर्थिक विकासमा योगदान गर्न र नेपालीको जीवनस्तर सुधार्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने वाङको भनाइ छ । 

अमेरिकाका सहायक विदेशमन्त्री डोनल्ड लुले नेपालका शीर्ष नेताहरूसँगको टेलिफोन कुराकानीमा फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता अनुमोदन नगरेमा नेपालसँग अमेरिकाको सम्बन्धमा पुनर्विचार गर्ने भनी आएको समाचारमा वाङले टिप्पणी गरेका हुन् । 

लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर एमसीसीबारे छिटो निर्णय लिन दबाब दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्