२२ असार २०८३, सोमबार

उम्मेदवारको सूची तयार पार्दै माओवादी

फागुन १०, २०७८
उम्मेदवारको सूची तयार पार्दै माओवादी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सूची तयार गर्ने भएको छ ।

सोमवार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले पार्टीभित्र आन्तरिक परिपत्र जारी गर्दै निर्वाचनका लागि लोकप्रिय उम्मेदवारको सूची तयार पार्न निर्देशन दिएको हो ।  

पार्टीका  तल्लो  तहका  कमिटीलाई  पठाइएको  परिपत्रमा  सम्भावित उम्मेदवारको सूची जिल्ला कमिटीहरूलाई बुझाउन निर्देशन दिइएको छ ।

सूची  तयार  पार्दा  वडामा  सक्षम,  इमानदार  र  लोकप्रिय  हुनुपर्ने  उल्लेख गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्