
अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् ।
आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा बाइडनले लेखे, ‘राष्ट्रपति जेलेन्स्कीले मसँग कुरा गरे । हाम्रो कुराकानी भर्खरै सकिएको छ । रुसका सैन्य बलले गरेको यो नाजायज आक्रमणलाई मैले निन्दा गरेको छु । यसविरुद्ध अन्तर्राष्ट्रिय भर्त्सना गराउनका लागि हामीले चाल्ने कदमका विषयमा मैले उनलाई जानकारी गराएँ ।’
‘राष्ट्रपति पुटिनले गरेको ठाडो आक्रमणका विरुद्ध स्पष्ट बोल्न तथा युक्रेनी जनताको साथमा उभिन उनले मलाई विश्वका नेताहरूसमक्ष आह्वान गर्न अनुरोध गरेका छन्,’ बाइडनले थपे ।
‘भोलि म जी७ मुलुकका नेताहरूसँग कुराकानी गर्नेछु । अमेरिका र हाम्रा साझेदार तथा सहयोगीहरूले रुसमाथि कठोर प्रतिबन्ध लगाउनेछन्,’ बाइडनले लेखे ।
उनले थपे, ‘हामी युक्रेन र युक्रेनी जनतालाई समर्थन तथा सहायता उपलब्ध गराइरहनेछौं ।’