२७ जेठ २०८३, बुधबार

संसद् बैठक स्थगित भए पनि बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

फागुन १३, २०७८
संसद् बैठक स्थगित भए पनि बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

संसद् बैठक फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । तर, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोध प्रदर्शन भने रोकिएको छैनन् । 

संसद् बैठक स्थगित भए पनि प्रदर्शनकारीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । 

एमसीसी खारेज गर, गो ब्याक एमसीसीलगायतका नारा लगाउँदै प्रदर्शन गरिएको हो । 

एमसीसीको विरोधमा केही दिनदेखि बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), वाईसीएल, नेकपा (एस)का जनसंगठन, राष्ट्रवादी केन्द्र नेपाल लगायतले एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्