३० जेठ २०८३, शनिबार

'प्रहरी हौं' भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर लुटपाट

फागुन २०, २०७८
'प्रहरी हौं' भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर लुटपाट

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका-५ ठेगाना भएका २६ वर्षीय देवीप्रसाद धिताल, काठमाडौं स्वयम्भू बस्ने धादिङ धुनबेशी नगरपालिका-३ ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, काठमाडौं सानोभर्‍याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका-२ ठेगाना भएका २८ वर्षीय हिक्मत महता, काठमाडौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ झलारी ठेगाना भएका २७ वर्षीय सुबाष रतोकी छन् । 

त्यस्तै काठमाडौं मित्रनगर बस्ने कञ्चनपुर शक्लाफाँटा नगरपालिका-२ झलारी ठेगाना भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका-८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका-५ सल्लेरी ठेगाना भएका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्युठान गौमुखी गाउँपालिका-६ ठेगाना भएका २१ वर्षीय भिटेन, संगित थापा भन्ने कमल सुनार पक्राउ परेको प्रहरीले जनाएको छ । 

उक्त फार्मेसीका सञ्चालकलाई 'हामी प्रहरी हौं, तपाईंको पसलमा अवैध औषधि बिक्री वितरण गर्ने गरेको छ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं' भनी फागुन १२  साँझ नियन्त्रणमा लिएर उनीहरूले लुटपाट गरेका थिए । 

पसलको काउन्टरमा भएको नगद, १ थान मोबाइल, १ थान घडी, ई-सेवामा पठाएको नगद ११ हजार ७०० रूपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३ हजार ५०० रूपैयाँ गरी ६५ हजार रूपैयाँ जबर्जस्ती लुटपाट गरी फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटीएम कार्ड र २ थान बैंक चेक बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्