२० असार २०८३, शनिबार

निर्वाचनका बेला जुन दलमा आबद्ध भएर विजयी भएपनि जनप्रतिनिधिमाथि विभेद नहोस् : डा महत

कात्तिक २०, २०७४
निर्वाचनका बेला जुन दलमा आबद्ध भएर विजयी भएपनि जनप्रतिनिधिमाथि विभेद नहोस् : डा महत

नुवाकोट, २१ असार - पूर्वअर्थमन्त्री डा रामशरण महतले स्थानीय तहको निर्वाचनले स्थानीयस्तरमा नै लोकतन्त्रको जग बसाल्ने काम गरेको बताएका छन् ।Ram sharan

आज नुवाकोटको लिखु् गाउँपालिका वडा नं ४ चौघडामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नंं २ का सांसदसमेत रहेका डा महतले स्थानीय तहको निर्वाचनले नयाँ संविधानलाई कार्यान्वयन गराउँदै स्थानीयस्तरमा लोकतान्त्रिक अभ्यासको थालनी भएको बताए ।

कार्यक्रममा काँग्रेस नेता डा महतले अब काम गर्ने बेला आएकाले सबै निर्वाचित जनप्रतिनिधिले इमान्दारितापूर्वक द्रूतगतिमा काम गरेमा नेपाल चाँडै समृद्ध हुने विचार व्यक्त गरे।

उनले निर्वाचनका बेलामा जुन दलमा आबद्ध भएर विजयी भएपनि जनप्रतिनिधिका रुपमा सबै नागरिकलाई समान व्यवहार गरी काम गर्ने दायित्व पूरा गर्न पनि आग्रह गरे।

डा महतले चौघडाको क्षेत्रपाल सामुदायिक संस्थाले स्पीड वे फाउन्डेसन र बेन्जामिन इन्टरनेशनलले प्रदान गरेको सुविधा सम्पन्न एम्बुलेन्सको साँचो संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठलाई हस्तान्तरण गरे।



हस्तान्तरण गरिएको कियाको हाइस एम्बुलेन्स अहिले नुवाकोटमा सञ्चालन भइरहेको भन्दा धेरै सुविधा सम्पन्न भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्