२२ असार २०८३, सोमबार

कलाकारको भीडको सँगालो 'लप्पन छप्पन–२’

फागुन २३, २०७८
कलाकारको भीडको सँगालो 'लप्पन छप्पन–२’

विदेशबाट  नेपाल आएको  तीन  सय  मिलियन  डलर  हत्याउन प्रमुख  पात्रहरूले  गरेको  सङ्घर्षको  कथा  हो चलचित्र  'लप्पन  छप्पन–२’ ।  

नेपाल,  बेल्जियम, अष्ट्रेलिया,  नेदरल्यान्ड्स  र  दुबईमा  छायाङ्कन गरिएको मल्टिस्टार यस चलचित्रले राजनीति र अपराधको कथा बोकेको छ ।

प्रधानमन्त्रीको भूमिकामा देखिएका भक्तराजलाई  नजिकिँदै  गरेको  चुनावमा  आफू हार्छु कि भन्ने चिन्ताले सताउँछ र उनी व्यापारी केशवराजसँग सहयोग माग्न पुग्छन् ।

केशवराजले भक्तराजलाई  फेरि  प्रधानमन्त्री  तपाईं  नै  बन्ने  हो भनी  आश्वासन  दिन्छन्  र  चुनावमा  जति  खर्च लाग्ने हो त्यो पनि दिने वाचा गर्छन् । यहाँबाट सुरु हुन्छ चलचित्रमा पैसाको खेल । केशवले विदेशमा रहेका 'गड फादर’ बाट तीन सय मिलियन डलर नेपाल  ल्याउने  सोच  बनाउँछन्  र  भक्तराजलाई पनि  र  आफूलाई  यसमा  सहयोग  गर्न  आग्रह गर्छन् ।

कालो धन नेपाल ल्याउने जिम्मा चमेरोले पाएका  हुन्छन् ।  यही  पैसाको  वरिपरि  घुमेको  छ चलचित्रको कथा । पैसा कसरी नेपाल भित्रिन्छ र त्यो पैसामा क–कसले आँखा लगाएका छन् भन्ने कुरा ।।।लप्पन छप्पन–२’ मा देखिन्छ ।

'किङ्स  ग्रुप  अफ  कम्पनी’  का  मालिक प्रतापजङ्ग  राणा  (शिव  श्रेष्ठ)  आफ्नो  छोरा पारसजङ्ग  (सौगात  मल्ल)को  इगोका  कारणले कम्पनीलाई  षड्यन्त्रको  ठूलो  झट्का  लाग्छ । यता  पारसजङ्ग  कम्पनीविरुद्ध  षड्यन्त्र  गर्नेलाई खोज्दै  अस्ट्रेलिया  पुग्छन् ।  जहाँ  उनी  भालु डनसँग  भेट्न  पुग्छन् ।  त्यसपछि  रायन,  मनी लाउन्ड्रिङ माफिया चाम्लिङलगायत थुप्रै पात्रसँग उनको सम्पर्कमा आउँछन् । कथामा  नयाँ  नयाँ  पात्र  थपिँदै  जान्छन् ।

पात्रले  चलचित्रको  कथा  केही  गिजोलिएको जस्तो  पनि  भान  हुन्छ ।  धेरै  पात्रलाई  कथामा देखाउन  खोज्दा  उनीहरूको  भूमिका  के–के  हो भन्ने  कुराले  दर्शकलाई  अवश्य  नै  अल्मलाउन सक्छ ।   चलचित्रमा   चमेरो,   गड   फादर   र पारसको  चरित्रलाई  माथि  उकास्नका  लागि  पनि धेरै पात्रलाई प्रयोग गरिएको हो भन्ने दर्शकलाई सोच्न बाध्य बनाउँछ ।  चलचित्रमा   विदेशका   समुद्र,   चिल्ला गाडीलाई  धेरै  नै  फोकस  गरिएको  छ  जसले खासै  अर्थ  दिँदैन ।

 चलचित्रमा  सौगात  मल्लले गरेको  एउटा  एक्सनको  दृश्य  धेरै  नै  लम्बेतान बनाइएको  छ ।  जुन  दृश्य  कथासँग  खासै  मेल खाँदैन ।  सौगात  एक्लैले  एउटा  नायिकालाई आफ्नो  हात  पार्न  धेरै  जनासँग  भिडेको  त्यो एक्सनको  दृश्य  समय  बर्बादीका  लागि  मात्र प्रयोग  गरिएको  जस्तो  देखिन्छ ।  चलचित्रमा चाहिनेभन्दा  बढी  मात्रामा  एक्सनलाई  फोकस गर्न खोजिएको छ । चमेरो   (अर्पण   थापा)को   हाउभाउ   र संवादले भने अवश्य नै दर्शकलाई केही मात्रामा रमाइलो  बनाउँछ ।    उनले  अन्य  चलचित्रजस्तै यसमा  पनि  तारिफयोग्य  काम  गरेका  छन् ।

फरक  गेटअपमा  देखिएका  उनको  भूमिकालाई अवश्य  नै  धेरै  दर्शकले  रुचाउने  छन् ।  उनले बोल्दा डबल मिनिङ लाग्ने शब्द धेरैको हाँसोको विषय बनेको छ । उनले भिलेन र कमेडी दुवैमा सुहाउने अभिनय गरेका छन्पारसको   भूमिकामा   देखिएका   सौगात मल्लको अभिनयमा अझ पनि नयाँपन झल्किन सकेको छैन ।

चलचित्रको पूरा कथा नै उनीमाथि घुमेको  छ  तर  उनी  यस्तो  भूमिकामा  अभिनय गर्न  कसरी  तयार  भए  त्यो  सोच्नै  पर्ने  कुरा हो ।  उनको  चलचित्रमा  बोल्ने  शैलीमा  चाहिँ केही  हल्का  परिवर्तन  आएको  हो  कि  जस्तो लाग्छ ।  

प्रतापजङ्गको   भूमिकामा   देखिएका अभिनेता शिव श्रेष्ठको अभिनय ठीकठाक छ । उनलाई  ओल्ड  इज  गोल्डभन्दा  फरक  पर्दैन । 'गड फादर’को भूमिकामा देखिएका अनुपविक्रम शाहीको  अभिनयमा  पनि  पुरानै  शैली  छ ।  अन्य चलचित्रमा  जस्तै  यसमा  पनि  उनको  गेटअपमा खासै  केही  परिवर्तन  छैन ।

अन्य  कलाकारलाई भने  चलचित्रमा  भीड  बटुल्नका  लागि  मात्र अभिनय गराइएको हो कि जस्तो लाग्छ । चलचित्रको   सिनेम्याटोग्राफी   राम्रो   छ । निर्देशक चलचित्र अन्त्यमा अलि हत्तारिएका हुन कि  जस्तो  लाग्छ  किनकि  उनलाई  चलचित्रको क्लाइमेक्स  जति  सक्दो  चाँडो  सकेर  अर्को सिक्वेल बनाउने हतारो भएको हो कि ? गोरखापत्र दैनिकमा सुकृत नेपालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्