२५ जेठ २०८३, सोमबार

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

फागुन २६, २०७८
जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या जर्मनीमा दिन प्रति दिन बढ्दै गइरहेको छ ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन् । 

अघिल्लो हप्ताको तुलनामा झण्डै ५२ हजारभन्दा बढी सङ्क्रमित भएकाले सङ्क्रमणको दर तीब्र रूपले फैलिएको देखिएको छ । 

त्यसैगरी भियतनाममा एक दिनमा एक लाख ६० हजार ६७६ जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा भने तीन हजार ९२० कम हो ।

भियतनाममा फैलिएको कोरोनाभाइरसको महामारीको सबैभन्दा बढी प्रभाव राजधानी हनोइमै परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्