२२ असार २०८३, सोमबार

शुरू भयो कांग्रेसको एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

फागुन २९, २०७८
शुरू भयो कांग्रेसको एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरू गरेको छ । 

आइतवार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरू गर्ने बताए । 

महामन्त्री शर्माले आगामी निर्वाचनहरूमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने वा गठबन्धनसँगै रहेर प्रतिस्पर्धा गर्ने भन्ने कुरा एक महिने यो अभियानपछि आएको केन्द्रीय समितिको निर्णयपछि भन्न सकिने बताए ।

महामन्त्री शर्माले यो अभियानमा जाँदा कांग्रेसले कुनै पनि पार्टीलाई आरोप, प्रत्यारोप नलगाई जनताका कुरामा विशेष चासो राख्ने बताए । 

उनले आजबाट शुरू भएको यो अभियान क्रमशः वडा तहमा विकेन्द्रिकृत हुने बताए । यस अभियानमा ७७ जिल्लाकै केन्द्रीय प्रतिनिधिहरूले १० दिनसम्म हरेक स्थानीय पालिकामा पुगेर जनताका कुराहरू सुन्ने र उनीहरूको अपेक्षाहरू सुन्ने कुरामा केन्द्रित हुने बताए । 

उनले सरकार संघीय प्रणालीमा गइसकेपछि सात प्रदेशमा सात प्रदेश कार्यसमितिले यो अभियानको काम गर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्