काठमाडौं, २२ असार– इन्टरनेट सर्भिस प्रदायक वल्र्डलिंक कम्पनीले एक लाख ग्राहक सेवाग्राही पुगेको अवसरमा ग्राहकहरुलाई उपहार बितरण गरेको छ ।

वल्र्डलिंकको संस्थापक अध्यक्ष दिलिप अग्रवालले सन १९९५ देखि यसलाई सञ्चालनमा ल्याएका थिए । कम्पनीले २१ बर्ष पुरा गरीसकेको छ । सेवाग्राहीको आवश्यकता अनुरुप कम्पनीले बर्षेनी इन्टरनेट सुविधा बढाउँदै लगेको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच आफ्ना एकलाख ग्राहकमध्येबाट भाग्यशाली १० जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एस ८ मोबाइल र १०० जनालाई ३ महिनाको निशुल्क इन्टरनेट उपहार स्वरुप वितरण गरेको छ । बिजेताको घोषणा असार १६ गते भएको थियो ।
भाग्यशाली १० ग्राहकका सूची यस प्रकार छन् : १ भरत शाही ठकुरी, काठमाडौं
२ तेन्जिङ शेर्पा, काठमाडौं
३ ज्योती लामा, भक्तपुर
४ एड्भेन्चर तानसेन ट्रेक, काठमाडौं
५ सुजन तिमल्सिना, काठमाडौं
६ राजेन्द्र कुमार, भैरहवा
७ पाहुरा थारु डेली–स्माईल चौधरी, धनगढी
८ गौरव कुमार अग्रवाल, बिरगंज
९ पार्बती थापा, बुटवल
१० बिनोद थापा मगर, काठमाडौं