३० असार २०८३, मंगलबार

शेष घले एनआरएनए विभाजनमा लागेको आरोप

शेष घले एनआरएनए विभाजनमा लागेको आरोप

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्षका लागि प्रत्यासीद्वय डा. बद्री केसी र रविना थापाले मतदाताहरूलाई संयुक्त रुपमा सम्बोधन गरेका छन् । प्रत्यासीद्वयले शनिवार अमेरिका क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै डा. केसीले संघका पूर्वअध्यक्ष शेष घले संघको विभाजनमा लागेको बताए । केसीले संघको अहित गर्ने जो कोहिलाई पनि अनुशासनको कारवाही हुने बताए । केसीले संघको निर्वाचनमा सहभागी हुन सबै प्रतिनिधिहरुलाई आग्रह गरे । 

अध्यक्षकी प्रत्यासी रविना थापाले संघको अभियान थलिएको बताइन् । उनले संघलाई बचाउने बेला आएको बताइन् । उनले संस्था फुटेर कसैको हित नहुने बताइन् । उनले आआफ्ना कमि कमजोरीहरुलाई आत्मसाथ गरेर संस्थाको विवाद मिलाएर जान सकिने बताइन् । 

उनले संस्था नबिग्रियोस् भनेर आफुले उम्मेदवारी दिएको बताइन् । उनले संघभन्दा बाहिर रहेकाहरुलाई अझै मिलाएर लैजान आफु लचिलो भएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्