२१ असार २०८३, आइतबार

कोरियन भाषा परीक्षा बैशाखदेखि

चैत ६, २०७८
कोरियन भाषा परीक्षा बैशाखदेखि

 रोजगार  अनुमति प्रणाली  (ईपीएस)अन्तर्गत  रोजगारीका  लागि दक्षिण  कोरिया  जान  चाहनेको  भाषा  परीक्षा वैशाख  २६  देखि  असोज  २१  गतेसम्म सञ्चालन गरिने भएको छ ।

​ वैदेशिक    रोजगार    विभागअन्तर्गतको ईपीएस शाखाले यही चैत १४ देखि २१ गतेसम्म फाराम  भरेका  आवदेकले  पहिलो  र  दोस्रो चरणका  भाषा  र  सीप  परीक्षाको  कार्यतालिका सार्वजनिक  गरेको  हो ।  

सन्  २०१९  पछि कोरोनाका कारण दुुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार  ७४१  र  उत्पादनमूलक  क्षेत्रमा  छ  हजार ९१३ नेपाली लैजाने गरी नौ हजार ६५४ जनाका लागि  आवेदन  माग  गरिएको  सो  शाखाले जनाएको छ ।

विभागका अनुसार आवेदन दिएकामध्ये कृषि  तथा  पशुपालनतर्फको  पहिलो  चरणको भाषा परीक्षा आउँदो वैशाख २६ गतेदेखि जेठ १३  गतेसम्म  सञ्चालन  गरिनेछ  भने  दोस्रो चरणको  सीप  परीक्षा  आउँदो  जेठ  २४  देखि असार १६ गतेसम्म सञ्चालन गरिनेछ ।

यस्तै उत्पादनमूलक  क्षेत्रतर्फको  पहिलो  चरणको भाषा  परीक्षा  असार  २०  देखि  भदौ  १० गतेसम्म सञ्चालन गरिनेछ भने दोस्रो चरणको सीप परीक्षा आउँदो भदौ १६ देखि असोज २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

परीक्षा एक  दिनमा  चार  सिफ्टमा  सञ्चालन  हुने  सो शाखाले जनाएको छ । कृषि तथा पशुपालनतर्फ पहिलो चरणमा भएको  भाषा  परीक्षाको  नतिजा  आगामी  जेठ २४  गते  र  दोस्रो  चरणमा  भएको  परीक्षाको नतिजा  आगामी  असार  २३  गते  प्रकाशन हुनेछ ।  

यस्तै   उत्पादनमूलकतर्फ   पहिलो चरणमा  सम्पन्न  भाषा  परीक्षाको  नतिजा आगामी  भदौ  १६  गते  र  असोज  २७  गते प्रकाशन हुनेछ ।  गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्