२२ असार २०८३, सोमबार

रुपन्देहीमा चुनावी तालमेल आवश्यक रहेको गठबन्धनको ठहर, रणनीति तय गर्न संयन्त्र बनाइयो

रुपन्देहीमा चुनावी तालमेल आवश्यक रहेको गठबन्धनको ठहर, रणनीति तय गर्न संयन्त्र बनाइयो

रूपन्देहीमा एमाले बलियो रहेको भन्दै सत्ता गठबन्धन आबद्ध पाँच दलले चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । 

रूपन्देहीमा १ उपमहानगरपालिका ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह छन् ।

नेपाली कांग्रेस रूपन्देहीको पार्टी कार्यालय, भैरहवामा बसेको गठबन्धनमा आबद्ध दलहरूको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागि जिल्लास्तरीय संयन्त्र गठन गरेको छ । 

कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजुु गुुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको हो । 

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुुझेर केन्द्रलाई सुुझाव पठाउने छ । साथै जिल्लामा आवश्यक रणनीति तय गर्नेछ । 

संयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति बुुझेर चैत २२ गते थप छलफल गर्ने सभापति खाँणले बताए । 

एमालेले २०७४ को निर्वाचनमा बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा, सिद्धार्थनगरसहित ७ वटा स्थानीय तहमा जित निकालेको थियो ।

त्यस्तै ओमसतिया र रोहणीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्