×

NIC ASIA

बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

चैत २२, २०७८

Prabhu Bank
NTC
Premier Steels

बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रूपमा रहेका छन् । 

Muktinath Bank

जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रूपमा रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वादविवाद हुने, झैंभगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौं,’ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सूर्यबहादुर खत्रीले भने ।


Advertisment
Nabil box
Kumari

उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिकरूपमा व्यवस्थापन गरिने बताए ।

Vianet communication

स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन शुरू गरेको छ । कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका ८ मतदानस्थलको अनुगमन गरिएको सीडीओ खत्रीले जानकारी दिए ।

उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्भार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे ।

विक्रम संवत् २०७४ सालको स्थानीय निर्वाचनमा जिल्लामा २ लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल ३ लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् ।

मतदाता संख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x