२२ असार २०८३, सोमबार

बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रूपमा रहेका छन् । 

जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रूपमा रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

‘वादविवाद हुने, झैंभगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौं,’ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सूर्यबहादुर खत्रीले भने ।

उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिकरूपमा व्यवस्थापन गरिने बताए ।

स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन शुरू गरेको छ । कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका ८ मतदानस्थलको अनुगमन गरिएको सीडीओ खत्रीले जानकारी दिए ।

उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्भार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे ।

विक्रम संवत् २०७४ सालको स्थानीय निर्वाचनमा जिल्लामा २ लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल ३ लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् ।

मतदाता संख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्