×

सडक नबन्दा थुप्रियो फोहोर

चैत २५, २०७८

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

पासाङ ल्हामु राजमार्गको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण शुरू भएको आठ वर्ष बित्दासमेत अलपत्र छ ।

सम्बन्धित निकायको बेवास्ता र निर्माण कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण अलपत्र परेको हो । सडक नबन्दा राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा फोहोरको थुप्रो बढ्दै गएको छ ।


Advertisment

सडक निर्माणको माग गर्दै स्थानीयवासीले संयुक्त सङ्घर्ष समिति गठन गरी सो सडक खण्डको मुड्खु भञ्ज्याङदेखि तीन पिप्ले खण्डमा फागुन १ गतेदेखि सडक अवरुद्ध गर्दै आएका छन् । यही सडक हुँदै काठमाडौँको फोहोर सिसडोल पु-याउनुपर्ने हो । तर पासाङ ल्हामु राजमार्ग सुधार सङ्घर्ष समितिका अध्यक्ष भवनाथ गजुरेलले सो सडक निर्माण हुन नसक्दा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएको गुनासो गरे। सडक निर्माण कार्य शुरू नभएसम्म आफूहरूले काठमाडौँको फोहोर सिसडोलसम्म जान नदिने उनको दाबी छ ।


Advertisment

कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सडकको विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा काम पनि पूरा भएको छैन । सातौँ पटकको म्याद सकिन अब एक हप्ता पनि छैन तर काम भने ४० प्रतिशत मात्रै भएको छ । सडक विस्तार योजनाका प्रमुख गौतम श्रेष्ठले भने, “दबाब परेपछि ठेकेदारले निर्माण स्थलमा केही निर्माण सामग्री र उपकरण ल्याएर राख्छ । काम गरेजस्तो देखाउँछ तर केही दिनपछि ठेकेदार त्यहाँ देखा नै पर्दैन । यो क्रम आठ वर्षदेखि चल्दै आएको छ ।”

यस वर्षको असारदेखि सडकमा निर्माण कम्पनी देखिएका छैनन् । अहिले ‘सिङ्गल लेन’ रहेको सो सडक खण्डलाई ‘डबल लेन’ मा विस्तार गर्न ठेक्का सम्झौता भएको हो । निर्माण भएको संरचनासमेत भत्किँदै र बिग्रिँदै गएको छ ।

सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग नेपालको शैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी)सँग २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपैयाँ रहेकोमा अहिले सो रकम ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

योजना प्रमुख श्रेष्ठका अनुसार ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत ढिलाइ गरेकाले सरकारले निर्माण कम्पनीलाई तीन करोड ६५ लाख रुपैयाँ जरिवाना गरेकोमा अहिलेसम्म दुई करोड रुपैयाँ असुली भइसकेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x