×

नयाँ वर्षको अवसरमा कलाकारको भ्याइनभ्याइ

चैत २५, २०७८

कोरोनाका कारण  बन्द  भएको  स्टेज  कार्यक्रम  (साङ्गीतिक  कार्यक्रम)  सुचारु  भएसँगै कलाकारको     भ्याइनभ्याइ     भएको छ ।  

नयाँ  वर्ष  २०७९  सालका  लागि गायक–गायिकाले  आफ्नो  प्रस्तुति  दिन आआफ्नो गन्तव्यतिर लाग्दै छन् । दशैँ–तिहारदेखि कलाकारले विभिन्न   जिल्लामा   थुप्रै   साङ्गीतिक कार्यक्रम  दिएका  थिए,  अब  नयाँ  वर्षमा विशेष  कार्यक्रम  पनि  तय  हुन  थालेको कलाकारहरू  बताउँछन् ।


Advertisment

 यसरी  स्टेज कार्यक्रम  सुरु  हुन  थालेपछि  कलाकारमा उत्साह थपिएको छ ।


Advertisment

गायक प्रमोद खरेलले अस्ट्रेलियामा आफ्नो  दमदार  प्रस्तुति  दिएपछि  शुक्रबार चैत  २५  गते  झापाको  झिलझिलेमा आफ्नो प्रस्तुत दिने जानकारी दिए ।

आफूलगायत आफ्नो ब्यान्डको प्रस्तुति रहेको सो कार्यक्रम नयाँ वर्षको उपलक्ष्यमा हुने उनले बताए । खरेलले भने, “डेढ   वर्षपछि   दशैँ–तिहारमा   काठमाडौँ, नवलपरासी,   झापा,   इटहरी,   सिक्किम, मोरङ  दुबईलगायतका  स्थानमा  साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएको थिएँ,' उनले  थपे,  “कार्यक्रमहरू  हुन सुरुवात चाँहि भएको छ, यसले कलाकारमा उत्साह  थपेको  छ ।”  

गायक  कालिप्रसाद बाँस्कोटा  आफूले  कोरोनापश्चात्  पहिलो पटक  स्टेजमा  प्रस्तुति  दिन  लागेकोमा उत्साहित  छन्  ।   उनले   भने, “अपटाउन  म्युजिक  फेस्टिभलमा  नेपाली नयाँ वर्षको उपलक्ष्यमा गीत गाउने छु । ”

कोरोनाले  हामी  कलाकार  मात्र  नभएर सबैको  जनजीवन  नै  उथलपुथल  भएको थियो,  अब  लयमा  आउने  आशा  रहेको बताए ।

यता   नेपथ्य   पनि   नयाँ   वर्षको दिनलाई   सङ्गीतमय   बनाउन   चाहने नेपथ्यप्रेमीका  निम्ति  झापाको  फराकिलो मैदानले   स्वागत   गर्ने   भएको   छ ।

दमकको  सरस्वती  माध्यमिक  विद्यालयको प्राङ्गणमा  नेपथ्य  फेरि  एक  पटक  उभिने भएको  छ ।  नेपथ्यले  आफूलाई  राजधानी काठमाडौँकै    भृकुटीमण्डपमा    उपस्थित गराएको  थियो ।  

२०७६  साल  फागुन  १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको  पुनर्निर्माणका  लागि  आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो । यस पटकको  नेपथ्य  कार्यक्रम  दुई  वर्षपछिको अन्तरालमा हुँदैछ ।

“यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा  कृषक  भएर  बिताएँ,”  नेपथ्यका अगुवा  एवं  मुख्य  गायक  अमृत  गुरुङ भन्छन्, “जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै  जाँदा  विनाश  उन्मुख  प्रकृति  र सङ्कटग्रस्त मानव जीवन बीचको सम्बन्ध अझ  खुल्दै  गएको  छ । ”

त्यो  एकान्तिक अवधिमा सङ्गीतको अभ्यासलाई पनि जारी राखेको उनले बताए ।

गायिका  रचना  रिमाल  भने  नयाँ वर्षका  लागि  इजरायलमा  आफ्नो  प्रस्तुति दिने भएकी छिन् भने गायक शिव परियार सुदूरपश्चिम    समाजको    आयोजनामा अस्ट्रेलियाको   सिड्नीमा   नयाँ   वर्षको अवसरमा कार्यक्रमा गर्ने भएका छन् । गायिका रचना रिमालले कोरोनापश्चात्   धेरै   स्टेज   कार्यक्रममा आफ्नो  प्रस्तुति  दिएकी छन् ।

उनले कीर्तिपुर,   सिमरा,   गाईघाट,   उर्लाबारी, दुबईलगायतका  स्थानमा  स्टेज  कार्यक्रम दिइसकेको जानकारी दिइन् । “नयाँ  वर्षका  लागि  थुप्रै  ठाउँबाट निम्तो आइरहेको छ,” रिमालले भनिन्, “केही  कार्यक्रम  प्रस्तुति  गर्न  नयाँ  वर्षका लागि इजरायल जानेछु । ”

गत  वर्ष  कोरोनाका  कारण  देशभित्र मेला–महोत्सव    खासै    हुन    सकेका थिएनन् ।

 यस  वर्ष  विभिन्न  जिल्लामा मेला–महोत्सव भएको तथा विदेशमा पनि बोलाएका कारण आफूहरू त्यसमा व्यस्त भएको   रिमालले   बताइन् ।

  नेपाल आइडलको  विजेता  सज्जा  चौलागाईंले पनि  झापाको  बिर्तामोडमा  नयाँ  वर्षको अवसरमा प्रस्तुति दिने भएका छन् ।

राष्ट्रिय   लोक   तथा   दोहोरीगीत प्रतिष्ठान  नेपालका  अध्यक्ष  रमेश  बीजी साङ्गीतिक कार्यक्रमहरू हुन सुरु भएसँगै लोकदोहोरी  कलाकारमा  उत्साह  थपिएको बताउँछन् ।

 चर्चामा  रहेका  गायक–गायिकाको   स्टेज   कार्यक्रममा   राम्रो माग हुने गर्छ । उनीहरूको आम्दानीको मुख्य  स्रोत  नै  स्टेज  कार्यक्रम  मानिन्छ तर   कोरोनाका   कारण   साङ्गीतिक कार्यक्रम  नहुँदा  स्टेजमा  व्यस्त  हुने कलाकार मर्कामा थिए । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेका छन् ।

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x