×

NMB BANK
NIC ASIA

स्थानीय चुनावमा तालमेल गर्न कैलालीमा ५ दलको कार्यदल

चैत २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ ५ दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ ।
 
धनगढीमा शुक्रवार बसेको ५ दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला इञ्चार्ज दीर्घबहादुर सोडारी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जगतप्रकाश जोशी र जनता समाजवादीका होरीलाल चौधरी रहेका छन् ।
 
कार्यदलको बैठक चैत २७ गते पुनः बसेर चुनावी तालमेलबारे थप छलफल गर्न लागिएको कांग्रेसका जिल्ला सचिव नृप सुनारले जानकारी दिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी गठबन्धन गरेर जाने सहमति बनाएका ५ दलबीच कुन पदमा कुन दलका व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने विषयमा तालमेल गर्न सकस भइरहेको ती दलका नेता तथा कार्यकर्ताले बताए ।

Muktinath Bank

सहमति जुट्न सकस भइरहँदा गठबन्धन दलका नेता कार्यकर्तामा अन्योल सिर्जना भइरहेको छ । 
  
कांग्रेस जिल्ला सचिव सुनारले भने, ‘केन्द्रमा ५ दलबीच भएको सहमतिबमोजिम जिल्लामा चुनावी गठबन्धन बनाएर कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको भए पनि सहमति जुट्न सकिरहेको छैन ।’ 
  
५ दलले चुनावी गठबन्धनको तयारी थालेपछि विपक्षी नेकपा एमालेले पनि अन्य दलसँग चुनावी गठबन्धन गर्ने बारेमा छलफल गरिरहेको छ । ५ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलालीका ७ तहमा एमाले, ३ तहमा कांग्रेस, २ तहमा माओवादी केन्द्र र १ तहमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x