युक्रेनको पूर्वमा रहेको डोनबास क्षेत्रमा आगामी ४८ घन्टामा विशाल लडाइँ शुरू हुन लागेको बताइएको छ ।
रुसले डोनबासका सीमा क्षेत्रमा रिजर्भ सैनिकहरूको तैनाथी पूरा गरेको छ ।
किएभ, चर्निहिभ र सुमी क्षेत्रबाट निकालिएका सैनिकहरूले पर्याप्त आराम पाइसकेका छन् ।
विगत एक हप्तादेखि रुसले गरेको क्षेप्यास्त्र आक्रमणले नीप्रो–क्रिभोय रोग लाइन नजिक युक्रेनी रिजर्भहरूमाथि लगातार आक्रमण गरिरहेको छ ।
इज्युमको दक्षिणतर्फ रुस र युक्रेनका सैनिकहरूबीच भिडन्त भइरहेको छ ।
डोनबास क्षेत्र नजिकका एयरफील्डहरूमा व्यापक संख्यामा विमानहरू राखिएका छन् । रुसले चलाउने सैन्य कारवाहीमा वायुसेनाको भूमिका बढी रहने देखिएको छ ।