जेठ १०, २०७९
अमेरिकाका राष्ट्रपति जो बाइडनले जापान भ्रमणका क्रममा सोमवार (मे २३ मा) ताइवानका विषयमा दिएको एक बयानले अन्तर्राष्ट्रिय राजनीति तातेको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदासँगको संयुक्त पत्रकार सम्मेलनम...
काठमाडाैं | बैशाख ९, २०७९
रुसले युक्रेनविरुद्ध चलाइरहेको सैन्य कारवाही दोस्रो चरणमा प्रवेश गरेसँगै डोनबास नियन्त्रणमा लिनका लागि भयानक लडाइँ चलिरहेको छ ।
डोनबासमा युक्रेनले रुसीभाषीहरूमाथि विगत आठ वर्षदेखि दमन गरेको भन्दै उनीहरूको सहायताका लागि रुसले सैन्य कारवाही चलाएको हो । डोनबासलाई युक्रेनको नियन्त्रणबाट मुक्त गर्ने उद्देश्यपूर्तिका लागि रुस दत्तचित्त भएर लागिपरेको छ ।
अनि युक्रेनको असैन्यीकरण तथा नाजीविहीनीकरण गर्ने यस सैन्य कारवाहीका अन्य दुई लक्ष्यहरूमा पनि रुसले क्रमशः सफलता हासिल गरिरहेको देखिन्छ ।
उग्रराष्ट्रवादी नवनाजीहरूको पकड रहेको मरिउपोलमा अहिले रुसको नियन्त्रण कायम छ भने शहरको आजोभस्टाल औद्योगिक क्षेत्रमा लुकेर बसिरहेका नवनाजीहरू कसिलो घेराबन्दीमा छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले झिंगा समेत उड्न नसक्ने गरी घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन् । उनीहरूको गोलीगट्ठा र रासनपानी सकिएको छ र कुनै पनि बेलामा आत्मसमर्पण गर्न सक्छन् ।
लक्ष्यप्राप्तिका लागि रुसले एकैपटक धेरै मोर्चामा कारवाही अघि बढाइरहेको छ । मरिउपोलसँगै त्यसभन्दा ६० माइल पश्चिमतर्फ रहेको बेरद्यान्स्कलाई पनि रुसीहरूले सुरक्षित पारिसकेका छन् । अनि बेरद्यान्स्कबाट अझै २२० माइल पश्चिममा रहेको खेर्सनका धेरै ठाउँ रुसको नियन्त्रणमा पुगिसकेको छ भने कतैकतै लडाइँ चलिरहेको छ ।
दक्षिणी युक्रेनको महत्त्वपूर्ण शहर निकोलाएभ (मिकोलाइभ) मा रुसले आकाशबाट लगातार बम खसाइरहेको छ । विस्फोटका कारण पाइपलाइनहरू फुटेकाले नीप्रो शहरबाट पिउनयोग्य पानी निकोलाएभ पुग्न नपाएकाले स्थानीयहरूलाई गाह्रो परिरहेको छ ।
निकोलाएभ युक्रेनको तटवर्ती शहर ओडेसाबाट जम्मा ८० माइल पर छ । कृष्ण सागरको तटमा रहेको ओडेसामा अहिलेसम्म लडाइँ भएको छैन तर रुसी जलसेना तथा स्थलसेनाले तटलाई नियन्त्रणमा राखेका छन् । ओडेसा रुसको नियन्त्रणमा पुगेमा युक्रेन भूपरिवेष्ठित राष्ट्र बन्नेछ किनकि आजोभ सागरसम्मको पहुँच उसले गुमाइसकेको छ ।
यस युद्धमा अहिलेसम्म युक्रेनको पश्चिमी भागलाई धेरै असर परेको छैन । तर पश्चिमको प्रमुख शहर लभिभमा अमेरिका तथा नेटोले पठाएका हतियारहरूलाई रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त पारिरहेको छ । लभिभ नजिक रहेको हतियार भण्डारमा रुसले सटीक निशाना लगाउने क्षेप्यास्त्र प्रहार गरेर विदेशी हतियार ध्वस्त पारेको हो । यसरी युक्रेनको असैन्यीकरण पहलमा रुस सफल भइरहेको छ ।
तर रुसी सेनाको मुख्य कारवाही डोनबास क्षेत्रको पूर्वी भागमा केन्द्रित छ । रुसी ट्यांकहरूले लुगान्स्क र क्रामातोर्स्कको बीचमा रहेको पोपास्नायामा युक्रेनीहरूमाथि लगातार प्रहार गरिरहेका छन् ।
इज्युम नजिक रुसी सैनिकहरू युक्रेनी प्रतिरक्षालाई भत्काउँदै अघि बढिरहेका छन् । उनीहरू स्लाभ्यान्स्क र क्रामातोर्स्कतर्फ बढिरहेका छन् । अनि बार्भेनकोभोतर्फ पनि उनीहरूको नजर छ । स्लाभ्यान्स्क जाने सडकमार्गमा पर्ने नोभाया दिमित्रीएभ्कामा लडाइँहरू भइरहेको खबर छ ।
रुसको अविरल प्रहारले युक्रेनीहरूलाई गाह्रो पारेको देखिन्छ । युक्रेनी सेनाका आर्टिलरी प्रणालीहरू ध्वस्त भइसकेको प्रतीत हुन्छ किनकि उनीहरूले रुसी ट्यांकमाथि प्रत्याक्रमण गरिरहेको पाइँदैन ।
त्यस्तै रुबेझ्नोयेको दक्षिणतर्फ र सेभेरोडोनेत्स्कको बाहिरी भागमा लडाइँ भइरहेको छ । जापोरिझझिया क्षेत्रमा रहेको हुलियापिलमा लडाइँ चलिरहेको छ भने रुसी सैनिकहरू भेलिका नोभोसिल्काभन्दा पश्चिमतर्फ अघि बढिरहेका छन् । त्यसक्रममा उनीहरूले विभिन्न बस्तीलाई नियन्त्रणमा लिइरहेका छन् ।
डोनबासबाट उत्तरतर्फ रहेको महत्त्वपूर्ण शहर खार्किभमा रुसी आर्टिलरीहरूले युक्रेनी सैन्य इकाइहरूमा अविरल प्रहार गरिरहेका छन् । युक्रेनीहरूले रुसको पर्याप्त प्रतिकार गर्न नसकेको देख्दा उनीहरू बंकरमा लुक्न बाध्य भएको निष्कर्ष निकाल्न सकिन्छ । तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युद्धभूमिमा रुसको भन्दा युक्रेनको ट्यांकहरू धेरै भएको र युक्रेनी सेनाले त्यसको उपयोग पनि गरिरहेको बताएको छ ।
युक्रेनी सैनिकहरूको ज्यान लिएसँगै रुसले अविरल गोली प्रहार गरी कतिपय युक्रेनी सैन्य इकाइको मनोबल पनि कमजोर बनाइरहेको छ । त्यसैले गर्दा उल्लेख्य मात्रामा युक्रेनी सैनिकहरूले रुसी सैनिकसामु आत्मसमर्पण गरिरहेका छन् ।
युक्रेनी सैनिकहरू दिनदिनै थप कमजोर बन्दै गएकाले सेनाका शीर्ष अधिकारीहरूले पहिलो चरणमा जस्तो फुर्ती लगाउँदै दैनिक सूचना दिन पनि छाडेका छन् । रुसी सैनिकहरूलाई पुगेको भनिएको क्षतिको विवरण उनीहरूले उपलब्ध गराइरहेका छैनन् ।
पेन्टागनका अधिकारीहरूका अनुसार, युक्रेनले एक हप्तालाई पुग्ने एन्टी ट्यांक हतियार एक दिनमै ध्वस्त पारिरहेको छ । रुसले लगातार हवाई आक्रमण गरेकाले युक्रेन गतिलो सैन्य विमानबाट समेत वञ्चित हुन थालेको छ । धेरै ठाउँमा गोलीगट्ठाको अभाव देखिन थालेको छ ।
युक्रेनीहरूको हालत डोनबासमा कमजोर बन्दै गएको देखिएकाले अमेरिका र नेटोले किएभलाई थप हातहतियार तथा नगद उपलब्ध गराउन थालेका छन् । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले युक्रेनलाई भारी हतियार पठाउने सहमति युरोपेली संघले गरेको बताएका छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको हतियार सहायता दिने घोषणा गरेका छन् । युक्रेनका लागि विशेष फिनिक्स गोस्ट ड्रोन सिस्टम पनि पठाइने उनको भनाइ छ ।
त्यस्तै अमेरिकाको जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लीले युक्रेनलाई पश्चिमले अहिलेसम्म ६० हजार एन्टीट्यांक हतियार र २५ हजारवटा एन्टी एयरक्राफ्ट हतियार पठाएको जानकारी दिएका छन् । बाइडनको घोषणापछि अब अमेरिकाले थप आर्टिलरी, ड्रोन, सैन्य हेलिकप्टर, सशस्त्र वाहन र अन्य सैन्य उपकरण पठाउन लागेको छ । अनि युक्रेनी सैनिकहरूलाई हतियार चलाउनका लागि अमेरिकी प्रशिक्षकहरूले तालिम पनि दिइरहेका छन् ।
यसैबीच सीएनएनमा छापिएको एक रिपोर्टअनुसार, आफूहरूले युक्रेनमा पठाएको हतियार कहाँ पुग्छ भन्ने कुनै टुंगो नरहेको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन् । अमेरिकी सैनिकहरू आफैं युक्रेनमा नभएकाले हतियारहरूको ट्य्राक गर्न गाह्रो परिरहेको उनीहरूले बताए । अमेरिकाले पठाएको हतियार गलत व्यक्तिको हातमा पुग्ने जोखिम रहेको थाहा पाए पनि सहायता गरिरहन आफूहरू बाध्य भएको पनि नाम नखुलाइएका रक्षा अधिकारीले सीएनएनलाई बताएका छन् ।
यस्तो स्थिति रहेकाले पश्चिमी मुलुकहरूलाई युक्रेनमा कति हतियार पठाउने भन्ने विषयमा तनाव देखिन थालेको छ । आफ्नो सुरक्षाका लागि राखिएका हतियार समेत दिनुपर्ने स्थिति आउन थालेकाले पश्चिमी मुलुकहरू दोधारमा परिरहेका छन् । पश्चिमी युक्रेनको बाटो भएर ती हतियार गइरहेकोमा रुसले लगातार क्षेप्यास्त्र आक्रमण गरी हतियार नष्ट गरिरहेकाले पश्चिमाहरूले बालुवामा पानी खन्याए जस्तो भइरहेको देखिन्छ ।
तर सीएनएनको रिपोर्टमा उल्लेखित एउटा कुरालाई ध्यान दिनुपर्ने हुन्छ । अमेरिकी सेनाको उपस्थिति युक्रेनमा भइदिए हुन्थ्यो भन्ने आशय उक्त रिपोर्टमा पाइन्छ ।
यसैलाई पुष्टि गर्ने गरी बाइडनका निकटवर्ती मानिने सिनेटर क्रिस कून्सले युक्रेनमा अमेरिकी सेना पठाउनुपर्ने जिकिर गरेका छन् । अहिलेसम्म बाइडनले अमेरिकी सैनिकको तैनाथीलाई रोकेको भए पनि कथंकदाचित् त्यसमा फुकुवा गरेछन् भने युक्रेन युद्ध तेस्रो विश्वयुद्धमा परिणत हुने जोखिम आइलाग्छ ।
युक्रेनविरुद्धको सैन्य कारवाहीमा रुसी सेनाले पनि व्यापक क्षति बेहोरिरहेको तथ्यलाई स्वीकार गर्नुपर्छ । रुसका थुप्रै शीर्ष सैन्य अधिकारीहरू यस युद्धमा मारिएको बताइन्छ ।
तर पहिलो चरणमा शहरी युद्ध (अर्बन वारफेयर) मा अल्झिनुपरेको अनि सर्वसाधारणको मृत्यु नहोस् भनी विचार पुर्याउनुपरेकाले रुसी सैनिकहरू अन्धाधुन्ध बम खसाउन सकिरहेका थिएनन् । अहिले पनि उनीहरूले आफ्ना अत्याधुनिक हतियार प्रयोग गर्न पाइरहेका छैनन् ।
यति हुँदाहुँदै पनि युक्रेनीहरू रुसी सैनिकमाथि सार्थक प्रत्याक्रमण गर्न असमर्थ देखिएका छन् । उनीहरूले त्यस्तो प्रत्याक्रमण गरेको भए पश्चिमी सञ्चारमाध्यमहरूले त्यसको भिडियो चौबीसै घन्टा देखाउँथे होलान् ।
प्रत्याक्रमण नभए पनि युक्रेनी सैनिकहरूले डोनेत्स्कमा आक्रमण तीव्र बनाएको खबर छ । रुसी सेनालाई अन्य क्षेत्रबाट हटेर डोनेत्स्कमा केन्द्रित गराउने युक्रेनी सेनाको रणनीति हुन सक्छ ।
अर्थात्, डोनबासलाई युक्रेनीहरूबाट मुक्त गराउने रुसी लक्ष्य पूरा गर्न धेरै संघर्ष गर्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिणाम हेर्दा रुसले त्यो लक्ष्य हासिल गर्ने देखिन्छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले जापान भ्रमणका क्रममा सोमवार (मे २३ मा) ताइवानका विषयमा दिएको एक बयानले अन्तर्राष्ट्रिय राजनीति तातेको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदासँगको संयुक्त पत्रकार सम्मेलनम...
चेतना, विवेक र शीलस्वभावका कारण नै मानिस अरु प्राणीभन्दा श्रेष्ठ मानिएको हो । मानव सभ्यता र प्रगतिको आजसम्मको उपलब्धि यही चेतना र विवेकका कारण सम्भव भएको हो । मानवीय चेतना र विवेकले मानव मूल्य वा आदर्श स्थाप...
एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्नका लागि अमेरिकाले विभिन्न कदमहरू चालिरहेको छ । शीतयुद्ध शुरू भइसकेको सन्दर्भमा आफ्नो समकक्षी प्रतिद्वन्द्वीलाई रोक्नु अमेरिकाका लागि प्रतिष्ठाको विषय बनेको छ ।...
रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको तीन महिना पूरा भएको छ । युक्रेनको निःशस्त्रीकरण/असैन्यीकरण तथा नाजीविहीनीकरणको लक्ष्य लिएर युद्धमा होमिएको रुस सफलता प्राप्तिमा अघि बढिरहेको छ । सैन्य का...
वैशाख २५ गते पोखरामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्यलाई एमालेको टाउकोबाट खसेको ‘रौं’को संज्ञा दिएका थिए । &lsqu...
अमेरिका, भारत, जापान र अस्ट्रेलिया सदस्य भएको समूह क्वाड्रिल्याटरल सिक्योरिटी डायलोग (क्वाड) को बैठक मंगलवार (मे २४ मा) जापानको राजधानी टोक्योमा हुन गइरहेको छ । गत सेप्टेम्बर महिनापछि पहिलोपटक चारै द...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...