
आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचन मेयर पदमा उम्मेदवारी दिनका लागि प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् ।
प्रदेशसभा सचिव गाेपाल पराजुलीका अनुसार प्रदेश सांसद काजिमान कागते र गाेपाल चन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।
कागते इलाम क्षेत्र नम्बर १ 'ख' र बुढाथोकी झापा १ 'ख'बाट निर्वाचित भएका थिए ।
एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।
कागते नेकपा एसका 'सम्मानित' नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय रइलामको सूर्याेदय नगरपालिका र बुढाथोकी मेचीनगर नगरपालिकामा उठ्ने छन् ।
उनीहरूलाई एमालेले टिकट दिइसकेका छ ।