२२ असार २०८३, सोमबार

खाना पकाउने ग्यासमा मासिक एक अर्ब घाटा

बैशाख १३, २०७९
खाना पकाउने ग्यासमा मासिक एक अर्ब घाटा

मुलुकमा  पछिल्लो  पाँच  वर्षको  अवधिमा  झन्डै डेढ खर्ब रुपियाँ बराबरको खाना पकाउने (एलपी) ग्यास आयात भएको छ ।

सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत प्रयोग बढ्दै गएकाले आयात परिमाण बर्सेनि बढ्दै गएको हो ।

नेपाल  आयल  निगमका  अनुसार  आव  २०७३/७४  देखि  २०७७/७८  सम्म  एक  खर्ब  ४० अर्ब ९६ करोड एक लाख १० हजार रुपियाँ बराबरको २० लाख ५० हजार २५८ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ ।

१५ प्रतिशतले बढ्दै खपतमुलुकमा खपत हुने इन्धनमध्ये ७० प्रतिशत परम्परागत (दाउरा, गुइँठा, बायोग्यास) ऊर्जा र ३० प्रतिशत ग्यास, कोइला र बिजुलीबाट हुने गरेको छ । निगमका  अनुसार  चालू  आर्थिक  वर्षको  साउनदेखि चैतसम्म तीन लाख ७२ हजार ८१३ मेट्रिक टन ग्यास आयात भएको छ ।

निगमका  अनुसार  आव  २०७७/७८  मा  ३४ अर्ब २४ करोड ६० लाख ५८ हजार रुपियाँ बराबरको चार लाख ८१ हजार २५८ मेट्रिक टन, २०७६/७७ मा २८ अर्ब ६२ करोड ७६ लाख ५१ हजार रुपियाँको चार लाख ४८ हजार ५४९ मेट्रिक टन र २०७५/७६ मा ३३ अर्ब ९३ करोड ३९ लाख छ हजार रुपियाँको चार लाख २९ हजार ५०२ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो ।

यस्तै आव २०७४/७५ मा २५ अर्ब ५७ करोड ६३ लाख ५४ हजार रुपियाँको तीन लाख ७६ हजार ५१२ मेट्रिक टन र २०७३/७४ मा १९ अर्ब ४२ करोड १६ लाख ४९ हजार रुपियाँको तीन लाख १४ हजार ४३७ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमको तथ्याङ्क छ । बढ्दो खपतसँगै प्रत्येक वर्ष ग्यासको आयात बढ्दै गएको देखिन्छ ।

निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बजारमा ग्यासको खपत बढेसँगै बर्सेनि आयात बढ्दै गएको बताए ।

“वार्षिक १५ प्रतिशतले ग्यासको खपत बढ्दै गएको छ । सहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएकाले यसको आयात बढ्दै गएको हो,” उनले भने । बजारमा एक लाख २५ हजार ग्यास सिलिन्डर मासिक रूपमा खपत हुने गर्छ । निगमलाई अहिले प्रतिसिलिन्डर  ९३२  रुपियाँ  घाटा  छ  ।  मासिक  एक  अर्ब  रुपियाँ  घाटा  ग्यासमा  रहेको  निगमको  भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्