१४ असार २०८३, आइतबार

ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

बैशाख २८, २०७९
ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

ललितपुर महानगरपालिका-२४, घापाखेल बस्ने सिराहा सररे घर भएका २६ वर्षीय भीम बिकको करेन्ट लागेर मंगलवार दिउँसो मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ३ तले घरको माथिल्लो तलामा डण्डी फर्माको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लगनखेलस्थित पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्