
मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ ।
एक हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेका गंगा खरेलले ४२५ मत गरेका छन् ।
नेपाली कांग्रेसका खड्ग फागोले २८७ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का मानबहादुर श्रेष्ठले १७० मत प्राप्त गरे ।
यस्तै राप्रपाले ४४ र मंगोल नेशनल अर्गनाईजेसनले २३ र स्वतन्त्र उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।
उर्लाबारीको उपप्रमुखमा पनि नेकपा एमालेकी मीना पौडेलले ४४३ मत प्राप्त गरी अग्रता लिएकी छन् ।
कांग्रेसकी सीता कार्कीले २६५, नेकपा माओवादीकी तिला भट्टराईले ९१ मत प्राप्त गरेकी छन् । राप्रपाले ५७, मंगोल नेशनल अर्गनाईजेशनले ३२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १२ र स्वतन्त्र उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।
शुक्रवार भएको मतदानमा उर्लाबारीमा कुल २९ हजार २३५ मत खसेको थियो ।